भगवान भए त देखिनु पर्ने हो नि , खै त भगवान देखिएको? के तपाईले कहिल्यै यस्तो सोच्नु भएको छ? अथवा कसैले यस्तो प्रश्न गरेर तपाईलाई अक्क न बक्क पारिदिएको छ? पक्कै पनि यस्तो घटना तपाईलाई परेको हुनु पर्छ किनभने यो सांच्चिकै ठूलो एवं चुनौतिपूर्ण प्रश्न हो। अझै भन्नुपर्दा यो प्रश्न तपाईसामू अहिले सम्मपनि अनुत्तरित नै होला। त्यसो भए आउनुस एकछिन यसै विषयमा कुरा गरौं न।

यो सोच हामीमा आउनु स्वभाविक नै हो किनभने हामीले प्रत्यक्ष देख्दै तथा भोग्दैपनि आएका छौं कि जे कुरा छ त्यसलाई हामीले देखेका पनि छौं। जस्तै ढुङ्गा छ , हामीले देखेका पनि छौं। त्यस्तै मानिस छ र मानिसलाई पनि हामीले देख्छौं। अत: यदि भगवान हुनुहुन्छ भने हामीले भगवानलाई पनि देख्नपर्ने हो भनेर भन्न सकिन्छ तर खै त भगवान देखेको? यसरी नदेख्नु बाट भगवान हुनुहुंदैन भन्ने अर्थ निस्कन्छ भन्ने पनि धेरै छन्। यो जटिल विषयको अझै गहिराईमा पुगौं न त, सहि के हो भनेर निर्क्यौल गर्नलाई।
के देख्नु हरेक कुराको प्रमाण हो त? के हामीले देखेका हरेक कुरा वास्तवमा सदैव सत्थ हुन्छन त?
यो पनि बुद्धिमान व्यति्कले सोच्नै पर्नै कुरा हो किनभने नत्र हाम्रो निष्कर्ष आफैमा अपुरो रहन्छ र हामी अन्तरहृदय देखि वितलित भे नै रहन्छौं। प्रथमत हाम्रासामू यो तथ्य पनि खडा छ कि कतिपय कुरालाई हामीले देखेका छैनौं तर ति कुराको अस्थित्वलाई नकार्न पनि सक्दैनौं । यस्तै तीतो सत्य भनौं कि के , तर यो पनि सत्य तथ्य नै हो कि कतिपय कुरा देखेका पनि सत्थ हुंदैनन्। प्रमाण चाहियो? प्रमाण अनगिन्ती छन्। के तपाईले मोवाइल फोन बोक्नु भएको छ? मोबाइलमा कुरा पनि गर्नुभएको छ? पक्कै पनि छ होला। अनि तपाईलाई यो कुरा पनि थाहा होला कि मोबाइलका विकिरणहरुको आदानप्रदानले गर्दा तपाई त्यसरी बोल्न सक्नु भएको हो भनेर। तर , के तपाईले कहिल्यै ति विकिरण देख्नु भएको छ त? पक्कै पनि छैन। अनि के तपाईले भन्नुहुन्छ कि मोवाइल विकिरणको अस्थित्व छैन भनेर? यस्तै हामीले हाम्रै भित्र तथा बाहिर भएको हावा देख्दैनौं तर हावा छैन भनेर पनि भन्न सक्दैनौं। वास्तवमा भिजुअल रेञ्ज बाहिरको कुनै पनि कुरा देख्न सक्दैनौं यदि उक्त वस्तु हाम्रै आंखा अगाडी भएपनि। त्यस्तै मरुभुमिमा मिराजले गर्दा पानीको तलाउ देख्न सकिन्छ तर त्यहां पानीको एक थोपा पनि हुंदैन्। यसबाट के प्रमाणित हुन्छ भने कुनै कुरा देख्नु तथा नदेख्नु मात्रै उक्त कुरा भए तथा नभएको प्रमाण होइन् भनेर।
भगवानलाई पनि तपाईले देख्नु भएन भन्दैमा भगवान छैनन् भन्नु त्यती उपर्युक्त तर्क होइन्। शास्त्रले पनि भन्दछ कि भगवान हाम्रो भोतिक भिजुअल रेञ्ज भन्दा बाहिर हुनुहुन्छ। उहांले नै दिव्थ दृष्टी नदिएसम्म कसैले पनि भगवानलाई देख्न सक्दैन्। श्रीमद् भगवत गितामा स्वयम कृष्ण भगवानले भन्नुभएको छ : "तर तिमीले मलाई तिम्रा यी आंखाले देख्न सक्दैनौ। तेसैले मैले तिमीलाई दिव्य दृष्टी दिन्छु। ...."अनि अर्को महत्वपूर्ण कुरा के छ भने भगवानलाई देख्नलाई हाम्रो योग्यता पनि त पुग्नु पर्यो नि। हाम्रो योग्यता यसै भौतिक संसारका कहलिएका व्यक्तिलाई देख्ने र भेटने त छैन् भने कसरी सारा जगतका स्वामी भगवानलाई भेटने तथा देख्ने हुन सक्छ???
तपाईका कुरा तलको कमेन्ट