
कार्तिक महिनालाई श्रीकृष्ण भगवानका भक्तहरुका लागि विषेश महिना मानिन्छ। यो महिना दामोदर भगवान र माता यशोदामात्रै नभएर दामोदर भगवान र उहाँका समस्त भक्तहरुसंग सम्बन्धित छ किनभने माता यशोदाले बाल गोपाल भगवान दामोदरजीलाई दाम्लोले बाँध्न खोज्दा जति डोरी जोडेपनि हमेशा दुई अंगुल डोरी नपुग्नु र अन्तत स्वयम: दामोदर भगवानले माता यशोदामाथि कृपा गर्दा सारा जगतका स्वामी भगवान पनि बाँधिन पुग्नु भएकोबाट भगवान केवल उहाँका भक्तहरुद्धारा गरिने प्रेमको वशमा हुनहुन्छ भन्ने सन्देश पनि यहाँ लुकेको छ। दामोदर महिना समस्त महिनाहरुमा महान छ र यो महिनाको भरपुर फाईदा उठाउन्का निम्ति निम्न विधिहरु तथा महत्वहरु बुझ्नु जरुरी हुन्छ :-
दामोदर महिनामा के गर्ने
- भगवान दामोदरलाई हरेक दिन घ्यूको दीप चढाउने
- ब्रह्मचार्य पालना गर्ने
- केवल कृष्ण प्रसाद ग्रहण गर्ने
- दामोदर भगवानका ( विषेशत दामोदरष्टकम )लीलाहरु पढने , सुन्ने तथा मनन् गर्ने। आदि
दामोदर महिनाको महिमा
- यो महिनामा दामोदर भगवानको पुजा गर्ने व्यक्तिले भगवानको व्यक्तिगत सेवा गर्ने स्ाौभाग्य प्राप्त गर्दछ।
- यो महिनामा दामोदर भगवानलाई घ्यूको दीप चढाउने व्यक्तिमा लाखौं जन्मका पापहरु निमेषमै नष्ट हुन्छन्।
- त्यस्ता महात्माहरु यो भौतिक जगतमा फेरि आउनु पर्दैन् ।
- हजारौं यज्ञहरु तथा तिर्थयात्रा गरेभन्दा बढि फल प्राप्त हुन्छ आदि ।
Damodar Month Started from 29th of October and Date may vary in different parts of the world.
To read about Damodar Month in English (
Click Here )