BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

कथा : ढोका बन्द गर

एक जना मालिकले आफ्नो अफिसका लागी एक कामदारको माग गर्दछ।
धेरै व्यक्तिले आवेदन फाराम भर्दछन्।
उसले आफ्नो सचिवसँग छलफल गर्छ र ती हजारौँ निवेदकमध्ये केवल दुई जनालाई अन्तरवार्ताका लागि छान्दछ।
मालिक व्यक्ति नियाल्न एवम् छान्न एकदमै निपूर्ण हुन्छ।
पहिलो उमेदवार अर्न्तवार्ताका लागि मालिकको कोठामा छिर्छ तर उसले कोठामा छिरेपछि ढोका बन्द गर्दैन्।
करिव १५ मिनेटको अन्तरवार्तापछि मालिकले उसलाई नतिजाका लागी बाहिर पर्खन भन्छ।

त्यसपछि दोस्रो उमेदवार अन्तरवार्ताका लागि कोठामा छिर्छ। उसले कोठामा छिरेपछि ढोका बन्द गर्दछ।

उसँग पनि मालिक १५ मिनेट अन्तरवार्ता लिन्छ र नतिजाका लागि बाहिर पर्खन भन्छ।

अनि उक्त मालिकले सचिवसँग भन्छ पहिलो व्यक्तिसँग हामीलाई चाहिने सम्पूर्ण गूणहरु छन् त्यैपनि मैले दोस्रो व्यक्तिलाई काममा छान्ने निधो गरेँ।

सचिवले सोध्छ: किन?

मलिकले भन्छ: पहिलो व्यक्ति अल्छि छ किनभने जब ऊ कोठाभित्र छिर्यो उसले ढोका लगाएन तर दोस्रोले लगायो। त्यसैले दोस्रो व्यक्ति त्यति धैरै योग्य नभएपनि उसले कामका लागि चाहिने सम्पूर्ण योग्यता छिटै सिक्नेछ।

सन्देश: " हुनसक्छ कोहि व्यक्ति त्यति एकदमै धेरै योग्यता भएको छ तर यदि ऊ जीवनका सरल व्यवहार (योग्यता) मा योग्य छैन भने उसको योग्यताको के काम? "
----- श्रील प्रभुपादकी जय

Source: https://www.facebook.com/iskconvisa
« PREV
NEXT »

Facebook Comments APPID