BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

मृत्यूको अपोइन्टमेन्ट (कथा )

एक समय बगदाद सहरमा एउटा निकै धनी व्यक्ती थिए। एकदिन उनलाई भेट्न उनका साथी उनको भव्य महलमा आउँदै थिए। आफ्ना साथीलाई मनोरञ्जन दिन उनले आफ्नो एक सेवकलाई नजिकैको सहरमा आवश्यक सरसमान किन्न पठाए।
उक्त आज्ञाकारी सेवकले मालिकबाट केही पैसा लिएर बजारमा गयो। 
बजारमा गएर उक्त सेवकले एक छेउमा बसेर किन्नुपर्ने समान निर्क्यौल गर्दै थियो। त्यती नै खेर पछाडीबाट कोही व्यक्तिले छुन (धक्का दिन ) पुग्यो। यसो पछी फर्केर हेरेको त यमराज पो रहेछ। सेवकको सातो गयो र केही नकिनी मालिकको महलतर्फ सुईकुच्चा ठोकेर भाग्यो किनभने उ मर्न चाहँदैन्थ्यो।
जब ऊ मालिककोमा पुग्यो तब मालिकले ऊ भयभित भएको तथा खाली हात आउनुको कारण सोधे।
उसले मालिकसँग माफी माग्यो र बजारमा यमराजलाई देखेको , यमराजले उसलाई समातेको र ज्यान बचाउन भागेर आएको वृतान्त बतायो।  साथमा , आफूलाई बचाउन अनुरोध पनि गरयो।
आफ्नो प्रिय सेवकको अनुरोध नकार्न नसकी मालिकले उसलाई तबलामा गएर तत्क्षण एउटा सबैभन्दा छिटो दौडने घोडा लिएर बेलुकासम्म अर्को सहर सामरा जान भने। सेवक बल्ल ढुक्क भयो  र यमराजबाट बच्न सामरा तर्फ लाग्यो।
तर, यता मालिकलाई भने यमराज कस्तो हुँदोरहेछ भनेर देख्न मन लाग्यो अनि बजार गए र यताउता हेर्न थाले। 
अनि यमराजको नजिकै गएर सोधे " तिमी किन यो बजारमा आएको? अनि किन मेरो सेवकलाई छोएको ? " भनेर।
अनि यमराजले भने कि उनको काम नै यहि हो कि त्यहाँ यताउता डुल्नु र केही व्यक्ति जसको आयू पुग्छ उनिहरुलाई लैजानु। अझै थप्दै यमराजले ती व्यापारीलाई भने कि एकदिन  तिमीलाई पनि लैजान्छु भनेर।
अनि ति व्यापारीले उनको वारेमा होईन् आफ्नो सेवकलाई समात्नुको कारण बताउन भने। 
अनि यमराजले भने" वास्तवमा मैले तिम्रो सेवकलाई समातेको होइन् तर म आफै अचम्मित भएँ कि त्यो व्यक्ती कसरी अहिले बगदादमा छ भनेर जबकी उसलाई मेरो भेटने समय (अपोइन्टमेन्ट ) बेलुका समरा सहरमा छ। अनि यहाँबाट समरा पुग्न त धेरै समय लाग्छ जुन सामान्य व्यक्तिलाई असम्भव छ भनेर। त्यही व्यक्ति नै हो भनि निर्क्यौल गर्नमात्रै मैले उसलाई यसो छोएको थिएँ। "

जब यमराजको उक्त भनाई सुने तब ती व्यापारी त्यहीँ बेहोस बन्न्ा पुगे।

सन्देश :  कसैगरिपनि मृत्यूलाई जित्न ( मृत्यूबाट भाग्न )  सकिँदैन्। आफ्नो अवधी पुग्यो भने हामी मर्नैपर्छ। अत:  म कहिल्यै मर्दिन् होईन कि मेरो पनि कुनै पनि पल मृत्यू हुनसक्छ भनेर अहिलेदेखी नै भगवानको भजन र्कीतनमा लाग्नु पर्छ। सदैव जप्नुपर्छ - "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे     हरे राम हरे राम राम राम हरे हरे  "
श्रील प्रभुपादकी जय  !

..................Story written by Pradeep Bhandari ( Krishnaupdate.com)



« PREV
NEXT »

Facebook Comments APPID