भगवान श्रीकृष्णकोवास्तवमा दिव्यसच्चिदनान्दमय स्वरूप छ । निराकार ब्रह्मज्योति भगवानको शरीरबाट
निस्केको प्रकाश हो । कृष्णलाई जान्नु मुक्ति हो र नजान्नु बन्धन ।
श्री श्रीमद् ए. सी. भक्तिवेदान्त स्वामी प्रभुपादले तत्पर्यमा लेख्नुभएको छ :-
"परमेश्वरको प्रारम्भिक अनुभूति उहाँका विभिन्न शक्तिहरूका माध्यमबाट प्राप्त हुनसक्छ, यसरी उहाँको निराकार स्वरूप पनि अनुभव गर्न सकिन्छ । जसरी सूर्यदेवता एक पुरुष व्यक्तित्व हुन् र आफ्नो सर्वव्यापी किरणद्वारा प्रकाशित भएका देखिन्छन्, त्यसै गरी भगवान् पनि आफ्नो नित्य धाममा रहेर आफ्नै सर्वव्यापी विस्तारित शक्तिद्वारा परिचित हुन सक्नुहुन्छ । जलको स्वाद, जलको मूलभूत गुण हो । समुन्द्रको पानी कसैले पिउन चाहँदैन किनभने त्यसमा शुद्ध जलमात्र नभई नून पनि मिसिएको हुन्छ । जलप्रतिको आकर्षण जलकै शुद्ध स्वादमा निर्भर छ । यो शुद्ध स्वाद भगवान्का शक्तिहरूमध्ये एउटा हो । निराकारवादीहरूले जलको स्वादका कारण जलमा भगवान्को उपस्थिति रहेको अनुभव गर्दछन् भने भगवान्कै कृपाले सुस्वादु पानी खाएर तीर्खा मेट्न पाएकोमा सगुणवादीले पनि भगवान्को गुणगान गर्दछन् । परमेश्वरको अनुभूति गर्ने विधि यही हो । व्यावहारिक रूपमा भन्दा सगुणवाद तथा निर्गुणवादमा कुनै मतभेद छैन । जसले ईश्वरलाई चिन्दछ उसले प्रत्येक वस्तुमा भगवान्का सगुण र निर्गुण दुवै रूपको एकैसाथ बोध गर्दछ र दुवैमा कुनै विरोधाभास नरहेको तथ्य अनुभव गर्दछ । त्यसैले भगवान् चैतन्यमहाप्रभुले अचिन्त्य भेदाभेद तत्व (अर्थात् सँगसँगै एक पनि र अनेक पनि) भनिने आफ्नो शुद्ध सिद्धान्त प्रतिपादन गर्नुभयो ।
सूर्य तथा चन्द्रमाको प्रकाश पनि ब्रह्मज्योतिबाटै उत्पन्न भएको हो र यो भगवान्को निराकार तेज वा प्रकाश हो । प्रणव अर्थात् ओंकार प्रत्येक वैदिक मन्त्रका प्रारम्भमा भगवान्लाई सम्बोधन गर्न प्रयुक्त हुने दिव्य ध्वनि हो । निराकारवादीहरू भगवान् कृष्णलाई उहाँका असङ्ख्य नामबाट सम्बोधन गर्न डराउँछन् तसर्थ तिनीहरू केवल ओंकारको दिव्य ध्वनि उच्चारण गर्न रूचाउँछन् । तर ओंकार नै कृष्णको शब्दस्वरूप हो भन्ने कुराको अनुभूति भने तिनीहरू गर्दैनन् । कृष्णभावनामृतको कार्यक्षेत्र व्यापक छ । सर्वत्र फैलिएको छ । जो कृष्ण भावनामृतबाट अवगत छ त्यो धन्य हुन्छ र जसले कृष्णलाई चिन्दैन वा जान्दैन त्यो मोहग्रस्त रहन्छ । तसर्थ कृष्णलाई जान्नु मुक्ति हो र कृष्णलाई नजान्नु बन्धन हो । "

No comments
Post a Comment