कृष्णभावनामा लाग्नु कुनै पनि दृष्टिकोणबाट अनुपर्युक्त छैन । कृष्णभावनामा लाग्दा फाइदै फाइदा छ । भगवदगीताको दोर्सो अध्याय चालिस श्लोक (२.४० ) मा स्वयम् भगवान यस्तो भन्नु हुन्छ ।
(अर्थ एवं तात्पर्य : श्री श्रीमद ए. सी . भक्तिवेदान्त स्वामी श्रील प्रभुपाद : इस्कोन संस्थापक आचार्य )
नेहाभिक्रमनाशोस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्
यस प्रयासमा न कुनै हानि छ न बिघ्न नै । यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त खतरनाक किसिमको भयबाट मुक्त गराइदिन्छ ।
तात्पर्य
इन्द्रियतृप्तिको अपेक्षा नगरीकन, कृष्णभावनामा रहेर कृष्णकै लागि गरिने कार्य नै सबभन्दा उच्च र दिव्य गुणयुक्त कार्य हुन् । यस्ता कार्यको आरम्भ सानै खालको भए पनि त्यसमा कुनै विघ्न पर्दैन र त्यस्ता कार्यको सानो भाग पनि कहिल्यै नाश हुँदैन । भौतिक योजनाअनुसार सुरु भएका कुनै काम पूर्ण गरिनुपर्छ । अन्यथा सम्पूर्ण प्रयास विफल हुन पुग्छन् तर कृष्णभावनाअनुसार सुरु भएका कुनै पनि कार्यको, उक्त कार्य पूर्ण नभएको भए पनि त्यसको स्थायी प्रभाव रहिरहन्छ । अतः यस प्रकार कृष्णभावनामय कार्य गर्नेहरूलाई उक्त कार्य अधुरै रहे पनि कुनै किसिमको हानि हुँदैन । कृष्णभावनामा रहेर गरिएको एक प्रतिशत कामको पनि स्थायी प्रतिफल हुन्छ र आगामी कार्य दुई प्रतिशतबाट सुरु हुन्छ जब कि भौतिक कार्यमा शतप्रतिशत सफललता नपाएसम्म कुनै लाभ हुँदैन । अजामिलले कृष्णभावनाको केही प्रतिशत कार्य मात्रै पूर्ण गरेको थियो तर भगवान्का कृपाले उसले त्यस कार्यको शतप्रतिशत प्रतिफल भोग्न पायो । यस सम्बन्धमा श्रीमद्भागवतमा एउटा सुन्दर श्लोक छ –
त्यक्त्वा स्वधर्मं चरणाम्बुजं हरेर्भजन्नपक्वोथ पतेत्ततो यदि ।
यत्र क्व वा भद्रमभूदमुष्य किं को वार्थ आप्तोभजतां स्वधर्मतः ।
यदि कसैले आफ्नो व्यावसायिक कर्तव्य नै छोडेर कृष्णभावनामा काम गर्न थाल्छ र काम पूरा गर्न नसकेर तल गिर्छ भने पनि त्यसमा उसको हानि नै के हुन्छ र ? त्यसै गरी यदि कसैले आफ्नो भौतिक कार्य पूर्ण गर्छ भने त्यसबाट उसलाई फाइदा के ?” अथवा ईसाईहरूले भने झैं यदि कसैले आफ्नो शाश्वत आत्मालाई गुमाएर सम्पूर्ण संसार नै पायो भने यसबाट उसलाई के फाइदा होला ?
भौतिक कर्म र तिनको प्रतिफल शरीरको समाप्तिसँगै समाप्त हुन्छ, तर कृष्ण भावनामा गरिएको कर्मले चाहि यो शरीरको विनाश भए पनि मानिसलाई कृष्णभावनामृतसम्म पुर्याइछोड्छ । केही नभए पनि उसले आगाँमी जन्ममा या त सुसंस्कृत ब्राहमण परिवारमा या धनाढ्य कुलमा सुन्दर मानव शरीरमा जन्म त अवश्य पाउँछ । यसबाट उसलाई भविष्यमा माथि उठ्ने अवसर प्राप्त हुनसक्छ । कृष्णभावनामा रहेर गरिने कर्मका अनुपम गुणहरू यस्तै हुन्छन् ।

No comments
Post a Comment