BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

वास्तविक अहिंसा - कथा

अहिंसा भनेको अरु जीवहरुलाई हानी ,कष्ट नपुर्याउनु हो । कुनै एक समयमा नारदमुनी जंगलको बाटो हुँदै
जगतको हीतका लागि कतै जाँदै हुनुहुन्थ्यो । एक्कासी उहाँले त्यहाँ वाणले घायल मृग देख्नुभयो जसका खुट्टा पनि भाँचिएका थिए। मृग अर्ध–मृत अवस्थामा छट्पटाईरहेको थियो । उहाँ अझै अगाडि बढ्दै जाँदा यस्ता धेरै अर्ध–मृत जनावरहरुलाई देख्नुभयो । त्यहाँ उहाँले मृगारी नामक भयानक सिकारीलाई देख्नुभयो ।
नारदजीलाई देखेपछि मृगारीले जुन जनावर चाहिन्छ त्यही लान भन्यो। नारदजीले मृगारीलाई अर्ति–उपदेश दिन लाग्नु भयो ।
नारदजीले भन्नुभयो कि प्राणी हत्या गर्नु पाप हो । एक एक प्राणीलाई मारेबापत ती प्राणीले पनि हामीलाई आगामी जन्ममा हामीलाई मार्नेछन् । नारदजीले एवम्रीतले मृगारीलाई सम्झाउनु भयो र अन्ततः मृगारीले आफ्नो गल्ति स्विकार गर्यो अनि नारदजीलाई आफ्नो आध्यात्मिक गुरु मानेर शरणमा पर्यो। यसरी मृगारी पनि भगवानको राम्रो भक्त बन्न पुग्यो।
सन्देश : जनसमुदायलाई आध्यात्मिक ज्ञानतिर अभिमुख नगराउञ्जेल मानिसले हिंसाकै अभ्यास गरिरहेको मानिन्छ । मानिसले सकेसम्म समाजमा वास्तविक ज्ञान वितरण गर्ने प्रयत्न गर्नुपर्छ जुन ज्ञानले ती मानिसहरू प्रबुद्ध हुनसकून् र यो भौतिक जञ्जाललाई त्याग्न सकून् । यही नै अहिंसा हो ।(भगवद् गीता यथारूप १३.८ तात्पर्य - श्री श्रीमद ए. सी. भक्तिवेदान्त स्वामी श्रील प्रभुपाद ) यस कथामा मृगारीलाई जब नारदजीले आध्यात्मिक ज्ञानतर्फ अभिमुख गराइदिनुभयो तब मृगारीले अहिंसााको बाटो लिन सके ।
source : www.facebook.com/iskconvisa
« PREV
NEXT »

No comments

Facebook Comments APPID