विदुरजी र उहाँकी पत्नि भगवान श्रीकृष्णका भक्त हुनुहुन्थ्यो । एकपटक श्रीकृष्ण भगवान उहाँहरुको घरमा जानुभएको थियो । कृष्ण भगवानलाई आफ्नो घरमा पाउँदा उहाँहरु हर्षले गदगद हुनुहुन्थ्यो । उहाँ(विदुरजीकी
श्रीमति) ले भगवानलाई केरा खुवाउने विचार गर्नुभयो ।
उहाँले केरा लिनुभयो र भगवद्प्रेममा निमग्न भएर आफ्नै हातले भगवानलाई केरा खुवाउन लाग्नुभयो । भगवद्भक्तिमा हराइसकेकी उहाँले केराको बोक्रा भगवानलाई दिँदै केराको फल फ्याँक्दै हुनुहुन्थ्यो । कृष्ण वास्तवमा बोक्रा स्वाद मानी मानी खाँदै हुनुहुन्थ्यो । किनभने उहाँले भगवानलाई सप्रेम त्यो बोक्रा दिनुभएको थियो र उहाँलाई यो पनि थाहा भएन कि उहाँले भगवानलाई फल होइन बोक्रा खुवाइरहनुभएको थियो ।
कसैले मलाई प्रेमपूर्वक वा भक्तिपूर्वक पत्र, पुष्प, फल, जल जे अर्पण गर्छ त्यो म खुशीसाथ स्वीकार गर्छु ।
(भगवद्गीता ९.२६)

No comments
Post a Comment