BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

क्षमा : आध्यात्मिक कथा


श्रीकृष्ण भगवान र बलरामजी नै यस कलियुगमा श्रीचैतन्यमहाप्रभु र नित्यानन्द प्रभुको रुपमा आउनुभएको छ । उहाँहरु एकदमै दयालु हुनुहुन्छ , उहाँहरु दुर्लभ कृष्णप्रेम वितरण गर्न आउनुभएको हो । उहाँहरुले सानो , ठूलो जात, उमेर , भाषा , धनी गरिव आदि केही पनि भेदभाव नगरी सबैलाई हरेकृष्ण महामन्त्र जप गर्नुहुन्छ । उहाँहरु हरेकलाई भगवानको हरेकृष्ण महामन्त्र जप गर्न भन्नुहुन्छ । त्यसैले उहाँलाई पतीत पावन भनिन्छ ।
एक दिन चैतन्य महाप्रभुले नित्यानन्द प्रभुलाई सबैलाई हरेकृष्ण जप गर्न भन्नु भनेर पठाउनुभयो। नित्यानन्द प्रभु जगाई मगाई लाई उद्धार गर्न जानुभयो । जगाई र मगाई यती धेरै पतीत थिए कि उनीहरुको पापको फाईल रेकर्ड राख्दा राख्दै चित्रगुप्ताका २८ महलनै भरिएका थिए । त्यस्ता पतीतहरुलाई पनि उद्धार गर्न भनेर नित्यानन्द प्रभुले जगाई मगाईलाई भगवान श्रीकृष्णको नाम जप्न भन्नुभयो । यो कुरा सुन्ने बित्तिकै मगाईले माटाको भाँडाले नित्यानन्द प्रभुको टाउकोमा झटारो छोड्यो । नित्यानन्द प्रभुको टाउकोबाट रगतको धारा बग्न धाल्यो ।
यो कुरा जब चैतन्य महाप्रभुले थाहा पाउनु भयो उहाँ रिसाएर आफ्नो सुदर्शन चक्रलाई बोलाउनुभयो र ती जगाई र मगाईलाई मार्न भन्नुभयो । तर नित्यानन्द प्रभु त करुणाको सागर हुनुहुन्छ । आफ्नै टाउको फुटाईदिने जगाई मगाईलाई क्षमा गर्दै उल्टै चैतन्य महाप्रभुलाई पनि ती जगाई मगाईलाई माफ गर्न भन्नुभयो । उहाँको अवतार पतीतलाई मार्न नभई उद्धार गर्नका हेतू हो भन्नुभयो । चैतन्य महाप्रभुले ती पतीत जगाई मगाईलाई पनि माफ गर्नुभयो । ती पतीतहरु पछि भगवानका शुद्ध भक्त बन्न पुगे ।
सन्देश : कृष्ण भगवानले भगवद्गीताको १६ औँ अध्यायको तेस्रो श्लोकामा भन्नुभएको छ कि क्षमा गर्नु दिव्य गुण हो ।

« PREV
NEXT »

No comments

Facebook Comments APPID