BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

दान - त्याग

एक समयमा कुनै एउटा गाँउमा एक जना विधवा , कन्नमा र उहाँकी छोरी कमला बस्ने गर्थे । उनीहरु  सार्है  गरिब थिए । त्यो  बखत पुरै गाउँ भोकमरीको शिकार भएको थियो । कन्नमा र कमलाले मागेर खान पनि गार्हो  थियो । बल्लतल्ल कमलालाई गाउँको कसैले दुईवटा रोटी दिए । रोटी लिएर बाटामा फर्कदै गर्दा कमलाले सार्है  भोकाएको कुकुर देखिन् । विचरा यो कुकुर, यसले त मैले झैँ खाना माग्न पनि जानेको छैन भन्ने सोचेर एउटा रोटी उनले कुकुरलाई दिईन् ।
घर फर्केपछि अर्को रोटी आमालाई खान आग्रह गरिन । आमाले आधाआधा बाँडेर खाउँ भनेपछि दुवैले खानमात्रै के लागेका थिए त्यहाँ माग्ने व्यक्ति हात पसारदै आइपुग्यो । आधा रोटीले मात्रै उसलाई नपुग्ने भएकाले दुबैले माग्नेलाई रोटी दिए । माग्नेले उनीहरुलाई धन्यवाद दिएर गयो ।
ती भोका आमाछोरी भोकले गर्दा बेहोस हुन पुगे । कमलाको सपनामा श्रीकृष्ण भगवान आउनुभयो र उहाँहरुले गरेको त्यागको प्रशंसा गर्नुभयो र चाँडै सुखी हुने वरदान दिनुभयो । निद्राबाट ब्यूँझिएपछि उहाँले आफ्नो घर सम्पत्ति , खाना एवम् कपडाले भरिपूर्ण भएको पाउनुभयो । यसबाट उहाँहरुको गरिबी पूरै सिद्धियो । उहाँहरुले भगवान श्रीकृष्णको अझै बढी भक्ति गर्न थाल्नुभयो ।
यज्ञ, दान, तपस्या जस्ता कर्महरू त्याग्न हुन्न, यी गर्नैपर्ने कार्य हुन् । यज्ञ दान र तपस्याले त महात्माहरूलाई पनि शुद्ध बनाउँछन् । (भगवद्गीता यथारुप १८.५)

« PREV
NEXT »

No comments

Facebook Comments APPID