वास्तवमा यो संसारमा रहंदा हामीहरु प्राय: भ्रममा पर्न जान्छौं ।
के कर्तव्य हो र के अकर्तव्य हो बुझ्न सक्दैनौ यो संसार असिमित दुखको
महासागर हो जहाँबाट उन्मुक्ति पाउन आफ्नै बाहुबलले असम्भव छ ।
यस्तो अवस्थामा हामीसंग एउटा मात्र समाधान भनेको गुरुको शरणमा जानु हो जुन
कुरा अर्जुनले श्रीकृष्ण भगवानको शरणमा गएर देखाउनु भएको छ :
भगवद गीता यथारूप २.७ :-
कार्पण्यदोषोपहतस्वभावः
यच्छे्यः
स्यान्निश्चितं ब्रूहि तन्मे
शिष्यस्तेहं
शाधि मां त्वां प्रपन्नम्
अनुवाद
यति
बेला विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य ठम्याउन सकिरहेको छैन र म आफ्नो
सम्पूर्ण धैर्य पनि गुमाउँदैछु । यस्तो अवस्थामा मैले हजुरसँग
सोधिरहेको छु– मेरा लागि सबैभन्दा राम्रो के हुन्छ त्यही
भन्नुहोस् । म हजुरकै शिष्य हुँर हजुरकै शरणमा आएको छु, अतः
कृपा गरेर मलाई समुचित अर्ती उपदेश दिनुहोस् ।
तात्पर्य
भौतिक
क्रियाकलापका सम्पूर्ण गतिविधि नै हरेकका लागि चिन्ताको स्रोत हो । यो प्रकृतिकै
नियम हो । यहाँपाइला–पाइलामा पिरलो छ । त्यसैले मानिसलाई
एउटा सुयोग्य गुरुका शरणमा जानु आवश्यक छ । गुरुले उसलाई जीवनको उद्देश्य पूरा
गर्नका लागि सही मार्गनिर्देशन दिन्छन् । हामीले नचाहँदा नचाहदै पनि जीवनमा आइपर्ने अनेक झन्झटहरूबाट
मुक्ति पाउनका लागि गुरुका शरणमा जाने सल्लाह हामीलाई सबै वैदिक साहित्यले दिन्छन्
। जीवनका यी झन्झटहरू कसैले नलगाईकनै वनमा उठेको डढेलो जस्ता हुन्छन् । यो संसारको
चलनै कस्तो छ भने यहाँ नचाहेर पनि जीवनमा स्वतः अनेक समस्याहरू पैदा
हुन्छन् । जंगलमा आगो लागोस् भनेर कोही चाहँदैन तैपनि आगो लागिदिन्छ र हामी
आत्तिन्छौं । त्यसैले वैदिक वाङ्मय हामीलाई जीवनका झन्झटहरूको विज्ञान बुझ्न र
तिनको समाधान पाउनका लागि परमम्परागत गुरुका शरणमा जाऊ भन्छ । प्रामाणिक गुरुका
साथमा रहेको व्यक्तिले सबै कुरा जान्दछ । अतः मानिस सांसारिक झमेलामा नरहेर योग्य
गुरुका शरणमा जानुपर्छ । यही नै यो श्लोकको तात्पर्य हो ।
सांसारिक झमेलामा फसेको
व्यक्ति को हो ? त्यो त्यही व्यक्ति हो जो जीवनको समस्यालाई
बुझ्दैन । वृहदारण्यक उपनिषद –३, ८, १०
मा सांसारिक झमेलाहरूबाट व्याकुल मानिसको वर्णन यसरी गरिएको छ– “यो वा एतदक्षरं गाग्र्यविदित्वास्माँल्लोकात्प्रैति स कृपणः ।” ।” अर्थात्
जसले मानवका रूपमा रहेर आफ्ना जीवनका समस्याहरूको समाधान गर्न सक्दैन र जसले
आत्मसाक्षात्कारको विज्ञान नबुझीकन कुकुर बिरालाले झैं संसार त्याग्छ त्यो कृपण हो
। जीवात्माका लागि मानिसको शरीर एउटा बहुमूल्य सम्पत्ति हो । उसले आफ्ना जीवनका
समस्याको समाधान गर्ने काममा यो शरीरको उपयोग गर्न सक्छ । जसले यो अवसरको समुचित
उपयोग गर्दैन त्यो कृपण हो, कञ्जुस हो । अर्कातिर जसले जीवनका
समस्याहरूको समाधान गर्ने कार्यमा यो मानव शरीरको उपयोग गर्छ त्यो चाहिँपर्याप्त
बुद्धिमान् हो वा ब्राहमण हो । “य एतदक्षरं गार्गि विदित्वास्माँल्लोकात्प्रैति स ब्राह्मणः ।”
देहात्मबुद्धि भएका कृपण मानिसहरू
परिवार, समाज, देश आदिप्रति अत्यन्त स्नेहशील हुँदै आफ्नो
अमूल्य समय बर्बाद गर्छन् । छालाकै रोगका आधारमा मानिस आफ्नो पारिवारिक जीवन,
खासगरी
स्वास्नी, छोराछोरी तथा अन्य इष्टमित्रप्रति आसक्त हुन्छ । कृपण व्यक्ति या आफ्ना
पारिवारिक जनहरूलाई मृत्युबाट बचाउँछु भन्ने ठान्दछ या उसका परिवार तथा
समाजले उसलाई मृत्युको मुखबाट बचाउन सक्छन् भन्ने ठान्छ । यस किसमको पारिवारिक
आसक्ति त तल्ला तहका पशुहरूमा पनि पाइन्छ । उनीहरू पनि आफ्ना छोराछोरीको रेखदेख
गर्छन् । अर्जुन बुद्धिमान् व्यक्ति थिए । पारिवारिक जनहरूप्रतिको उनको प्रेम र
मृत्युबाट उनीहरूको रक्षा गर्ने चाहना नै
उनको चिन्ताको कारण हो भन्ने कुरा उनी बुझ्न सक्थे । लडाइँगर्नु उनको कर्तव्य हो र उक्त कर्तव्यले
उनको प्रतीक्षा गरिरहेछ भन्ने कुरा पनि उनी बुझ्दथे तर कार्पण्य दोषले गर्दा उनी आफ्नो
कर्तव्यपालन गर्न सकिरहेका थिएनन् । त्यसैले निश्चित समाधान निकाल्नका लागि उनी
परमगुरु भगवान् श्रीकृष्णसँग अनुरोध गर्दैछन् । उनी शिष्य बनेर आफुलाई
कृष्णमा समर्पित गर्दैछन् । उनी अब कृष्णसँग मित्रवत् होइन शिष्यवत् कुराकानी गर्न
चाहन्छन् । गुरु र शिष्यबीचका कुराकानीहरू गम्भीर हुन्छन् । अहिले अर्जुन आफ्ना
आदरणीय गुरु कृष्णसँग अति गभीरतापूर्वक कुरा गर्न चाहन्छन् । कृष्ण
भगवद्गीतारूपी विज्ञानका मूल गुरु हुनुहुन्छ र अर्जुन यो गीताज्ञान बुझ्ने पहिलो
शिष्य हुन् । अर्जुनले कसरी यो गीताज्ञान बुझे यो कुराको वर्णन यही गीतामै गरिएको
छ । यति हुँदाहुँदै
पनि मूर्ख सांसारिक विद्वानहरू व्यक्ति कृष्णको शरणमा होइन अजन्मा कृष्णको शरणमा
पर्नुपर्छ भन्ने व्याख्या गर्छन् । साकार कृष्ण र निराकार कृष्णमा कुनै भिन्नता
छैन । कृष्ण भित्र र बाहिर एकै हुनुहुन्छ । होसंग यस किसिमको ज्ञान वा समझ छैन
तिनीहरूले भगवद्गीता बुझ्न खोज्नु सबभन्दा ठूलो मूर्खता हो ।
No comments
Post a Comment