नयाँ वर्ष २०१४ सफल रहोस , हार्दिक मंगलमय शुभकामना !!!
साथै सफलताका लागि आधारभूत यी कुराहरुमा पनि ध्यान दिनुहोला ................. कृष्ण अपडेट डट कमभगवद् गीता (३.२७) मा भगवान कृष्ण भन्नुहुन्छ –
प्रकृते क्रियामाणानि गुणै कर्माणी सर्वशः
अहंकार विमुढात्मा कर्ताहमति मनयते
जीवात्मा अहंकारको प्रभावले ग्रस्त भएर आफूलाई सबै कर्मको कर्ता मानेर बसेका छन् जबकी त्यो प्रकृतीका तीन गुणद्धारा सम्पन्न गरिएको हुन्छ ।
कुनै पनि कार्यमा सफलता पांच अनिवार्य कार्यमा निर्भर गर्दछ । ती हुन् स्थान , कर्ता , उपकरण या इन्द्रिय , प्रयास तथा भगवानको स्वीकृती ।
यिनमा भगवानको आर्शिवाद सर्वाधिक महत्वपूर्ण छ । यस स्वीकृति भगवानद्धारा आफ्नो शक्तिमथि अनुकुल निरिक्षणद्धारा पुरा गरिन्छ किनकी परमेश्वरको इच्छाले नै प्रकृती कार्य गर्दछ । व्यक्तिहरुभौतिक प्रकुतिका तीन गुणको प्रभाववमा रहन्छन् भने उसका सारा कार्य भगवानको बहिरङगा शक्ति अर्थात प्रकृतीद्धारा संचालित हुन्छ किन्तु जब दिव्य चेतना शुद्ध सत्व दशालाई प्राप्त गर्दछन् तब ती कार्य भगवानको अन्तरंगा आध्यात्मिक शक्तिद्धारा संचालित हुन्छ । जीवको चाहना अनुरुप भगवानको बहिरंगा शक्ति अथवा अन्तरङगा शक्तिद्धारा आफ्नो कार्यहरु संचालन गर्ने हो भन्ने कुराको छनेट आफै गर्न सक्दछ । यो जीवको अल्प स्वतन्त्रताको परिधी हो ।
जुन क्षण आत्मा भगवानको चरणकमलमा पूर्णयता आत्मासमर्पण गर्दछ , त्यही क्षण ऊ कर्मफलको बन्धनबाट मुक्त हुन जान्छ । यही अवस्थामा ऊ यस शास्त्रिय आदेश – जीवेर स्वरुप हय कृष्णेर नित्य दास (आत्मा आफ्नो आदि आध्यात्मिक स्वरुप कृष्णको दास हा)े को सच्चाईको प्रमाणित गर्दछ । यस पदको कारण आत्मालाई प्रमुत्त आनन्द प्राप्त हुन जान्छ । कृष्णको नित्यादासको समता ( तुलना) कृष्णकी बहिरंगा शक्तिको दाससंग गर्नु ठीक हुँदैन । अर्को शब्दमा पदमाथि प्रभुत्व जमाउने शक्ति तथा आनन्दको भावनाको प्रप्ति भगवानको सेवाबाट हुन जाने आनन्दको तुलनामा तुच्छ छ ।
यहाँसम्म की आठ प्रकारको योग सिद्धिहरु पनि कृष्णको नित्या दास हुनुको आनन्दको तुलनामा तुच्छ छन्र यस स्थितीलाई प्राप्त गर्ने एक मात्र उपाय हो शरणागति । अन्य कुनै कृत्रिम बिधि अपनाउनाले गर्न सकिदैन् । शुद्द कृष्णचेतनाको जागृति, जुन जीवको सिद्दि हो, एक मात्र भगवानको शरण ग्रहण गर्नाले प्राप्त गर्न सकिन्छ । जसको लालसा जीवमा शाश्वत रुपले निहित रहेको हुन्छ । यसकारण श्रीचैतन्य महाप्रभुले चैतन्य चरितामृतमा (मध्यलिला २२.१०.०७) भनिएको छ ।
नित्य सिद्दि कृष्ण प्रेम “साध्य” कभु नय
श्रवनादि शुद्द चित्ते करये उदय
कृष्णको प्रतिशब्द प्रेम जीवको हृदयमा शाश्वत रुपले स्थापित रहेको छ । यो यस्तो बस्तु हैन जसलाई अन्य साधनले प्राप्त गर्न सकिदैन । जबश्रवण तथा कीर्तनले हृदय शुद्द हुन जान्छ तब स्वतः जाग्दछ ।
श्रोत : ज्ञानको तरवार बाट पृष्ठ २९७
No comments
Post a Comment