BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

कृष्णभक्ति विश्वासको प्रश्न होइन्, वास्तवमा यो त एक विज्ञान हो

हो हजुर ! श्री कृष्णभावनामृत अर्थात कृष्णभक्ति विश्वासको प्रश्न होइन्, वास्तवमा यो त एक विज्ञान हो । उक्त विज्ञानको प्रथम चरण चाँहि त्यो ज्ञान प्राप्त गर्नु हो  की जीवित एवं मृत शरीरमा के अन्तर छ ? त्यो अन्तर के हो ? उक्त अन्तर यो हो कि जब कसैको मृत्यु हुन्छ, तब आत्मा अथवा “जीवन शक्ति ” देहलाई त्याग गर्छ र यसकारण शरीर “मृत”मानिन्छ । यसथ, दुइ वस्तुहरु हुने भयो, एक यो शरीर र दोश्रो शरीरको भित्र रहने आत्मा वा “जीवन शक्ति” । हामी शरीरको भित्र विद्यमान जीवन शक्तिको विषयमा चर्चा गर्दछौं सर्वप्रथम त यो बुझ्नु आवश्यक छ कि म त आत्मा हुँ अर्थात यस शरीर भन्दा कुनै अर्को दोश्रो वस्तु हुँ । उदाहरणका लागि जब शिशुको विकास हुन्छ, तब उ बालक बन्दछ, बालक युवक बन्दछ, युवक एउटा मध्यम अवस्थाको प्रौढ बन्दछ तथा फेरि सो मानिस एक बृद्ध बन्न पुग्दछ । यो त सम्पूर्ण समयमा यद्यपि हाम्रो शरीरभित्र शिशु अवस्थादेखि बृद्ध मनुष्य बन्दासम्म निरन्तर परिवर्तन भैरहेको छ, फेरी पनि हामी सोच्दछौं कि हामी उही व्यक्ति हौं। तपाई हुनुहुन्छ भने सही नै हो, शरीर परिवर्तन भैरहेको हुन्छ, परन्तु शरीरमा निवास गर्ने वाला आत्मा उही नै रहेको हुन्छ । जस्तै तपाई आफ्नो कोट वा कुर्ता बदल्न सक्नुहुन्छ, यदि तपाई विभिन्न प्रकारका कुर्ता अथवा विभिन्न प्रकारका कोट लगाएर मलाई भेट गर्न आउनुभयो भने के यसको यो अर्थ हुन्छ कि तपाई एक भिन्न व्यक्ति हुनुहुन्छ ? पक्कै होइन । त्यस्तै प्रकारले प्रत्येक पटक जब तपाइको मृत्यु हुन्छ तपाई शरीर परिवर्तन गर्नुहुन्छ, परन्तु तपाई अर्थात शरीरमा बस्नेवाला आत्मा उही रहन्छ । यस विषयलाई बुझ्नु आवश्यक छ, तब मात्र हामी कृष्णभावनामृतको विज्ञानमा अगाडी प्रगति गर्न सक्दछौं ।
हाम्रो भौतिक आँखाको लागि आत्मा अदृष्य पनि छ र यसको आकार अणुभन्दा पनि सानो छ । इन्द्रियहरु, रगत, हड्डी तथा बोसोले बनेको स्थुल शरीरको नाश भएपछि पनि मन, बुद्धि र अहंकार बाट बनेको शरीरले काम गरिरहन्छ । त मृत्युको समयमा यो सुक्ष्म शरीरले अत्यन्त सानो आत्मा लाई दोस्रो स्थूल शरीरमा लैजान्छ । यो विधि त्यस्तो प्रकारको छ, जसरी वायुले आफ्नो साथमा बासना लिएर चल्दछ । कसैले पनि देख्दैन कि गुलाफको बास कहाँबाट आउदैछ । हामी यो जान्दछौ कि यो हावाले बोकेर ल्याएको हो तपाई देख्न सक्नुहुन्न कि यो सब कसरी भैरहेको छ, परन्तु त्यस्तो नै हुन्छ । त्यसै प्रकारले आत्माको देहान्तर पनि अत्याधिक सुक्ष्म छ । मृत्युको समयमा मनको अवस्था अनुसार सुक्ष्म आत्मा पिताको वीर्यको माध्यमबाट एक विशेष आमाको अर्भमा प्रवेश गर्दछ । तत्पश्चात आमाले दिइएको एक विशेष प्रकारको शरीरको रुपमा आत्माको विकास हुन्छ । यो शरीर मनुष्य, कुकुर वा बिरालो वा अन्य कसैको पनि हुनसक्छ । तपाई नित्य अर्थात शाश्वत हुनुहुन्ट । आफ्नो कर्म अनुसार तपाई केवल शरीर बदलिरहनु भएको छ । यसर्थ तपाईले के कुरा बुझ्नु पर्दछ भने कसरी यस जन्म मृत्युको चक्रलाई अन्त गर्ने ? तपाई कसरी आफ्नो चिन्मय शरीरमा रहन सक्नुहुन्छ ? यो जान्नु नै श्री कृष्णभावनामृत हो ।


श्रोत : आत्म साक्षात्कारका् विज्ञान (पृष्ठ २९– ३२)  श्रीमद ए.सी. भक्तिबेदान्त स्वामी प्रभुपाद
« PREV
NEXT »

No comments

Facebook Comments APPID