BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

डार्बिनको सिद्धान्तमा वैदिक दृष्टीकोण

दुनियाका वैज्ञानिकहरुको सबैभन्दा ठूलो बिमारी के छ भने तिनीहरु कुनै सत्य छ भनी विस्वासै गर्न चाहदैनन् । जबसम्म त्यसलाई  वैज्ञानिक तथ्यहरुबाट सिद्ध गरिदैन । जब एक वैज्ञानिक वक्तव्य दिन्छ र उ आफ्नो प्रयोगबाट सिद्ध गर्दछ, तब सबै मानिसहरु पूर्णरुपले सहमत हुन जान्छन् र कुनै प्रश्ननै सोध्दैनन् । हामी जब आत्माको कुरा गछौं तब यी वैज्ञानिकहरुको यो सामान्य प्रतिक्रिया हुन्छ की कसले कसरी आत्माको उपस्थिति सिद्ध गर्न सक्दछ,, किनकी उनीहरु मेसिन तथा यन्त्रहरुको साथ कार्य गर्नमा बद्ध भएका छन् । अतः उनीहरुलाई आश्चर्य हुन्छ कि के आत्मालाई वैज्ञानिक प्रयोगबाट सिद्ध गर्न सकिन्छ ? जबकी वैज्ञानिकलाई यो मान्नै पर्छ कि उसको वैज्ञानिक जगतमा पनि यस्ता धेरै भन्दा धेरै तथ्य छन् जसलार्य प्रयोगद्वारा सिद्ध गर्न सकिदैन । वास्तविकता यो हो कि आत्मा छ तर यसको उपस्थिति बुझ्नको लागि हामीलाई सही व्यक्ति श्री कृष्ण वा भगवान अथवा उनको प्रतिनिधि जो आध्यात्मिक गुरु परम्परामा छन् उनबाटै ज्ञान लिनुपर्दछ ।
    आफ्नो एक ए. आर वैलसको लिखित पत्रमा डार्विनले भनेका छन् की “म पुरा रुपले विश्वास गर्दछु की विना कुनै अनुमान स्पेकुलेशन कुनै पनि राम्रो वा वास्तविक निरिक्षण सम्भव छैन ।” अतः कसैलाई कुनै सिद्धान्त बुझ्नको लागि धेरै पढाई गर्ने जरुरत पनि छैन । डार्विनको सिद्धान्त पुरै तरहले अनुमानमा र केही तथ्य जुन उनले वेज आफ दि विगल (१८३१–१८३६) मा एकत्रित गरेका थिए, त्यसमा  आधारित थिए । समझदार व्यक्ति यो जान्दछ की अनुमानित ज्ञान त्रुटिपूर्ण हुन्छ ।
    जस्तै डार्विन लेख्दछन् “जीवहरुको उत्पतिलाई ध्यान राख्दै कुनै प्रकृतिको अध्ययन गर्ने वाला यो निष्कर्षमा पुग्न सक्छ कि कुनै पनि जाति आफसेआफ उत्पन्न हुदैन जबकी त्यो अन्य जातिहरुबाट उत्पन्न हुन्छ । डार्विनलाई आत्माको बारेमा कुनै ज्ञान नै थिएन की जीवधारी एक जातिबाट अर्को जातिमा प्रवेश गर्दछन् । उसलाई यो थाहा थिएन की मानव जाति भन्दा अगाडी पनि विकास सम्भव छ र उसलाई पुरै जातिहरुको संख्याको पनि ज्ञान थिएन जसबाट विकास चक्र बन्दछ । उसलाई यति पनि जानकारी थिएन की आत्मा मनुष्य शरीरबाट स्थानान्तरित भएर अर्को निम्न जातिहरुमा पनि जान सक्दछ ।
 डार्विनको सिद्धान्तमा धेरै नै भ्रान्तिहरु थिए । उनका आलोचकहरु प्रश्न गर्छन –“यदि डार्विनको प्रकृतिको छनोट वा सिद्धान्त सही हो भने हामी जीवहरुको बीचको रुपलाई किन देख्न सकिदैन? डार्विन यस विषयमा स्वयं नै भ्रमित थिए, उनले यस कुराको कुनै पनि सैद्धान्तिक उत्तर दिन सकेनन् । उनको आफ्नै वयान थियो, विलोपन र प्राकृतिक चुनाव साथ साथै हुन्छ । उनलाई यो पनि थाहा थिएन कि सारा जातिहरु सृष्टिको सुरुवात देखि नै छन्, विभिन्न जातिहरु ब्रह्माण्डको उत्पत्तिसँगै उत्पन्न हुन्छन् । मनुष्य, जनावर, पशु पंक्षी सबै साथमा नै उत्पन्न हुन जान्छन् किनकी जीवधारी जेसुकै इच्छा लिएर अन्तमा समाहित हुन्छ, त्यसैरुपमा पूनः उत्पन्न हुन्छ ।
मोटा उदाहरण हेर्ने हो भने प्राचीन मिश्रको पिरापिडमा जुन जातिहरु देखिन्थ्यो ती विल्कुल आज पनि उस्तै खालका छन् । यसैप्रकार कैयौं समयअघि देखि मयूरको रङ्गीविरङ्गी प्वाँख कृष्णको आध्यात्मिक शिरमा विराजमान छ, जुन आजको मयूर जातिमा पनि दुरुस्तै छ । आफ्नो कमजोर ज्ञानको कारणले डार्विनले यो निष्कर्ष निकाले कि कतिपय जाति विकासको क्रममा विलुप्त हुदै गए जुन पूर्णरुपले गतल छ ।

श्रोत : श्री श्रीमद एच.एच. भक्तिस्वरुप दामोदर स्वामी पी.एच.डी. वैज्ञानिक आधार पेज २७–३६ बाट
« PREV
NEXT »

No comments

Facebook Comments APPID