BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

भगवान् पशुपतिनाथ र शिवरात्रि

हिमवत् खण्ड नेपाल अनादिकाल  देखि अनेक देवी देवताहरूको क्रीडास्थल र ऋषिमुनिहरूको साधनास्थल रहिआएको छ । यहाँ भगवान् पशुपतिनाथ पनि विराजमान हुनुहुन्छ । भगवान पशुपतिनाथले हामी सबैको कल्याण गर्नुहुन्छ । पशुपतिनाथलाई शिव, शङ्गर, महादेव  आदि नामले पनि चिनिन्छ । शिवको अर्थ हो कल्याण प्राणीहरूको कल्याण गर्ने  कार्यमा शिव सधैं तत्पर  रहनुहुन्छ । शिवलाई शर्व,  भव रुद्र, उग्र, पशुपति,  महादेव इशान, अशनी  आदि  आठ  नामले  पनि चिनिन्छ  । यी नामहरू मध्ये पछिल्ला चार नामहरू कल्याणकारी शक्तियुक्त शिवका नाम हुन् । त्यस मध्ये पनि  पशुपति शीघ्र कल्याणकारी  नाम मानिन्छ । पशुको अर्थ जीव र पतिको अर्थ स्वामी   पनि  हुन्छ । यस अर्थमा  पशुपतिनाथलाई जीवहरूका मालिक मानिन्छ  ।  पशुपतिनाथका पाँच मुख छन् (पुर्व–तत्पुरूष,  दक्षिण–अघोर, पश्चिम–सद्योजात,  उत्तर–बामदेव,  उध्र्व–ईशान) ।
शिव कसरी पशुपति बन्नुभयो भन्ने सन्दर्भमा  भागवत्को एउटा प्रसंग छ – जुन बेला देवता र दानव मिलेर समुद्र मथन गरे त्यतिबेला हलाहल नामको उग्र विष निस्केर सम्पूर्ण प्राणीहरू नष्ट हुने अवस्था देखाप¥यो  । त्यो समयमा सबै देवदेवताहरू र अरू प्राणीहरू प्रजापतिसमेत मिलेर भगवान् शिवकहाँ गए । उहाँ गएर सबैले शिवको स्तुति गर्नुका साथै हलाहल विषबाट प्राणीहरूको रक्षा गर्न आग्रह  गरे  । भगवान् शिवले प्राणीहरूको आग्रहलाई स्वीकार गरी विष पिउन तयार हुनुभयो । त्यति बेला भगवान् शिवले सतीसँग भन्नुभयो – हे देवी  ¤ जो  व्यक्तिसँग  शक्ति र सामथ्र्य छ उसले परेका बेलामा दीन  दुःखी प्राणीहरूको रक्षार्थ त्यसलाई प्रयोग गर्नुपर्छ  । जो व्यक्ति अरू प्राणीहरूप्रति दयालु  हुन्छ त्यो व्यक्तिसँग भगवान् श्री कृष्ण खुसी हुनुहुन्छ । जो  व्यक्तिसँग  श्री कृष्ण खुसी हुनुहुन्छ त्योसँग म पनि खुसी हुन्छु । त्यसकारण भगवान् श्री कृष्णलाई खुसी पार्नका लागि म यो विष पान गर्दैछु  ।आसांं प्राणपरिप्सूनां विधेयममयं   हि मे । एतावान्हि प्रभोरर्थो यद् दीन परिपालनम् पुंसः कृपयतो भद्रे  सर्वात्मा  प्रीयते हरि ः    । प्रीते हरौ भगवती प्रीयेद्रहं सचराचर ः    ।। तस्मादिदं गरं भुञ्जे प्रजानां स्वस्तिरस्तुमे ।। (भा.८÷७÷३८ र ४०)यति भनेर शिवले विष पान गर्नुभयो  । विष पान गरिसकेपछि भगवान् शिव पशुपतिनाथ  हुनुभयो । विष्णु अथवा कृष्णलाई खुसीपार्न सदा तत्पर रहने व्यक्तिलाई वैष्णव भनिन्छ । भगवान् शिव पनि महावैष्णव हुनुहुन्छ–वैष्णवानां यथा शम्भु ।
पशुपतिनाथ अहिलेको ठाउँमा प्रकट कसरी हुनुभयो ? भन्ने सन्दर्भमा  किम्वदन्तीहरू  छन्  । त्यसमध्ये पूर्व मूलभट्ट पद्मनाभ शास्त्रीले यस्तो भन्नु भएको छ – महाभारत युद्ध पश्चात् भगवान् श्रीकृष्ण पाण्डवहरूलाई  साथ लिएर अहिले पशुपतिनाथ रहनुभएको ठाउँमा आउनुभयो । त्यो बेलामा योठाउँ जंगलले ढाकिएको थियो । श्री कृष्णलाई पशुपतिनाथ  ज्योति रूपमा  यहाँ रहनुभएको छ भन्ने थाहा थियो  र उहाँले यस क्षेत्रका रूख ढुङ्का माटो हटाउन लगाउनु  भयो  । त्यहि ठाउँमा  पशुपतिनाथ प्रकट हुनुभयो  । पाण्डवहरूले पशुपतिनाथको दर्शन गरे र उनीहरू महाभारत  युद्धमा  हुन गएका  अपराध र गोत्र  हत्याको दोषबाट मुक्त  भए । पशुपतिनाथको दर्शन मात्रले पनि मानिसहरू अनेक  पाप र दोषहरूबाट मुक्त  हुन्छन् ।यस्तै दोष र पापबाट मुक्त भइन्छ  भनेर शिवरात्रिमा मानिसहरू पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जान्छन् । शास्त्रहरूले शिव अथवा पशुपतिनाथको  दर्शन गर्नाले मानिस (जीव) पशुत्वबाट मुक्तहुन्छ भनेर बताएका  छन् । सबै प्राणीको कल्याण  गर्ने  भावना आफूमा पैदा होस्,  आफूभित्र दुर्गुणहरू नरहुन सत्कर्म गर्दै जीवनलाई पवित्र राखेर आफ्नो उद्धार  गर्न सकियोस् भनेर मानिसहरू  भगवान पशुपतिनाथको  दर्शन गर्न दैनिकरूपमा आउँछन् । कतिपय मानिसले  यसलाई जीवनचर्या बनाएर आफूलाई सुधार गर्दै लगेका हुन्छन् ।पशुपतिनाथ मन्दिरमा शिवरात्रिलाई विशेष पर्वका रूपमा लिन्छन् नेपाली जनताले । व्याधा जस्तो सधैं प्राणी हिंसा गर्ने व्यक्तिले अन्जानमै  गरेको पूजा सेवाले भगवान् शिव खुसी  हुनु भएको प्रसंग हामी सबैले सुनेका छौ । शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नुको हाम्रो उद्देश्य पनि भगवान्लाई खुसी पार्ने नै हो । मानिसहरु पशुपतिनाथको दर्शन मात्र गर्दैनन्, देहविसर्जन पनि उहाँकै  समीपमा गर्न चाहन्छन् । मानिसहरूमा दृढ विश्वास छ– काशीमा देहत्याग गर्ने मानिसको कानमा विश्वनाथले राम नाम सुनाएर  तार्नुहुन्छ । यहाँ पनि आर्यघाटमा देहविसर्जन गर्ने  व्यक्तिको कानमा भगवान पशुपतिनाथले रामनाम सुनाएर  उद्धार गर्नुहुन्छ ।
भगवान पशुपातिनाथले उद्धार सबैको गर्नुहन्ुँछ  तर हामीले पनि जीवन  छँदै  , म को हुँ, म कहाँबाट आए, मानव जीवन लिएर आए पछि के गर्नु पर्छ, मैले अन्तमा कहाँ  जानुपर्छ भनेर विचार गर्नुपर्छ । यसरी विचागरेर आफूलाई सुधार्ने व्यक्तिसँग भगवान् पशुपतिनाथ तत्काल खुसीहुनुहुन्छ  । उहाँलाई खुसी  पार्न यस शिवरात्रिको शुभ अवसरमा  हामी सबैले यस सत्य सम्बन्धी संकल्प गरौं ।


नित्य जपौँ
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
                                
« PREV
NEXT »

No comments

Facebook Comments APPID