भगवानले कर्म नगर्नु भन्दा गर्नु नै उत्तम हो भन्नुभएको छ । शरीरको पालनपोषण गर्नका लागि पनि कर्म त गर्ने पर्छ ।
येस्तै गरेर कर्मको त्याग गरेर गरिने फाल्गु वैराग्य भन्दा कर्मलाई भगवानप्रति समर्पण गरिने युक्त वैराग्य धेरै राम्रो हुन्छ :-
भगवदगीता यथारूप ३.८
येस्तै गरेर कर्मको त्याग गरेर गरिने फाल्गु वैराग्य भन्दा कर्मलाई भगवानप्रति समर्पण गरिने युक्त वैराग्य धेरै राम्रो हुन्छ :-
भगवदगीता यथारूप ३.८
नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते
न प्रसिद्ध्येदकर्मणः
अनुवाद
तिमीले आफुलाई तोकिएको कर्म गर । कर्म
नगर्नुभन्दा गर्नु उत्तम हो । कामै नगरीकन त तिमीले आफ्नो शरीरको पालन पोषण पनि
गर्नसक्दैनौ ।
तात्पर्य
कैयौं यस्ता छद्मभेषी (देखावटी) ध्यानीहरू छन्
जसले आपूmलाई उच्च कुलीन
भएको मिथ्यावर्णन गर्दछन् र कैयौं यस्ता ठूलाठूला व्यवसायी व्यक्तिहरू छन् जसले
आध्यात्मिक जीवनमा प्रगति गर्नका लागि सबै कुरा त्यागिदिएको धाक लगाएर आफुलाई ठूलो
देखाउन चाहन्छन् । तर भगवान् कृष्णले अर्जुन यस्तै खाले मिथ्याचारी बनून् भन्ने
चाहनुहुन्नथ्यो । उहाँ त
अर्जुनले क्षत्रियका लागि निर्धारित गरिएका कर्तव्यहरू नै गरून् भन्ने
चाहनुहुन्थ्यो । अर्जुन एक गृहस्थ र एक सेनापति पनि । त्यसैले अर्जुनका लागि एउटा
गृहस्थ क्षत्रियका लागि निर्धारित धार्मिक कर्तव्यहरू पालन गर्नु नै राम्रो हुन्थ्यो
। यस किसिमका नियत कर्म गर्नाले सांसारिक मानिसको हृदय विस्तारै शुद्ध र सफा हुँदै जान्छ र ऊ एक दिन भौतिक कल्मषहरूबाट मुक्त
हुनपुग्छ । जीवन निर्वाहका लागि गरिने त्यस किसिमको तथाकथित त्यागलाई न त भगवान्ले
नै मन पराउनुहुन्छ न त कुनै शास्त्रले नै अनुमोदन गर्छन् । जेसुकै भए पनि मानिसले
शरीर र आत्माको रक्षाका लागि केही न केही काम त गर्नैपर्छ । भौतिक वासना वा
प्रपञ्चहरूबाट शुद्ध नभईकन मनोमानी ढंगले कर्म गर्न छोड्नुहुँदैन । यस भौतिक जगत्का
प्रायः सबै व्यक्ति भौतिक प्रकृतिमाथि आफ्नो प्रभुत्व कायम गर्ने वा इन्द्रिय–तृप्ति गर्ने अपवित्र प्रवृत्तिहरूबाट
ग्रस्त रहन्छन् । यस किसिमका दूषित प्रवृत्तिहरू शुद्ध हुनु आवश्यक छ । निर्धारित
कर्मद्वारा आफ्ना प्रवृत्तिहरूलाई शुद्ध नपारीकन मानिसले तथाकथित अध्यात्मवादी
बन्ने प्रयास गर्नुहुन्न र आना सम्पूर्ण कर्महरू छोडेर अर्काका भरमा बाँच्ने
कोशिस पनि गर्नुहुन्न ।
No comments
Post a Comment