BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

हरेकृष्ण महामन्त्रको जपबाट अनुभव

प्रामाणिक स्तोत्रबाट हामीलाई के थाहा हुन्छ भने आजको युगको लागि “हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे ।।”
नै पूर्ण योग हो ।
आजको युगमा हामी मुश्किलले ५० – ६० वर्ष जीवित रहन पाउछौं । मनुष्य अधिक भन्दा ८० – १०० वर्ष जीवित रहन सक्दछौं । यो छोटो भन्दा समयमा हमेशा चिन्ता, दुःख जस्तै महामारी, युद्ध, खडेरी आदिको डर लागि रहन्छ । हामी त्यति बुद्धिमान पनि छैनौं र त्यसको साथमा हामी दूर्भाग्यशाली पनि छौं । यो कलियुग एक पतनको युगमा रहनेवाला मानिसहरुको लक्षण हो ।
यदि ठीक ढंगले हेर्ने हो भने कृष्णले बताउनुभएको ध्यान योग प्रणालीमा पूरा ढंगले उपलब्धि कहिल्यै पाउन सक्दैनौं । बढी भन्दा बढी हामी यस प्रणालीलाई अपूर्ण रुपले अपनाएर निजी धारणाहरुलाई सन्तुष्ट गर्न सक्दछौं । यसैकारण मानिसहरु जिम्नास्टिक, गहिरो सासको प्रक्रिया आदि प्रणालीको लागि पैसादिएर कक्षाहरुमा भाग लिइरहेका छन्, र खुशी छन् की उनीहरु आफ्नो जीवनका केही वर्ष बढाउन सक्छन् या राम्रो ढंगले शारीरिक सन्तुष्टि गर्न सक्दछन् । तर हामीले यो बुझ्नु पर्दछ कि यो वास्तविक योग पद्धति होइन । आजको युगमा ध्यानयोग ठीक ढंगले गर्न सकिदैन, बरु यस योगको पूर्ण सफलता केवल भक्ति योगबाट अनुभव गर्न सकिन्छ । कृष्ण भावनामृतको उत्कृष्ट प्रक्रिया विशेषरुपले मन्त्रयोग हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे मन्त्रद्वारा कृष्णको महिमाको वर्णन गरौं यस उत्कृष्ट प्रक्रिया वेदमा दर्शाइएको छ र महान तथा प्रामाणिक व्यक्ति चैतन्य महाप्रभुद्वारा प्रस्तुत गरिएको छ ।
भगवद गीतामा पनि बताइएको छ कि महात्मा तथा महान आत्मा सदा भगवानको महात्म्यलाई वर्णन गर्दछ । यदि कसैले वैदिक साहित्य भगवद गीताको अनुरुप महान व्यक्तिसरह बन्नु छ भने उसले कृष्ण भावनामृतमा रही हरे कृष्ण महामन्त्रको जप स्वीकार गर्नुपर्दछ । तर यदि हामी एक ठाँउमा कमलको मुद्रामा सिधा बसेर ध्यानको देखावट गरी आध्यात्मिक चेतनामा जाने चेष्टाबाट सन्तुष्ट छौं भने त्यो अर्को कुरा हो । तर हामीलाई त्यो ध्यानसँग कुनै सम्बन्ध छैन । यस भौतिक बिरामीपनको कृत्रिम औषधिहरुबाट ठीक हुनसक्दैन । हामीले यसको वास्तविक औषधोपचार सीधा कृष्णबाट नै लिन छ ।

श्रोत : श्रील प्रभुपाद द्वारा भास्य ग्रन्थ
« PREV
NEXT »

No comments

Facebook Comments APPID