BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

भुकम्प पिडित जनतालाई जीवनका लागि भोजन नेपाल संस्थाको साथ ।

प्रदीप भण्डारी ||
बैशाख १२ गतेको विध्वंसकारी महाभुकम्पले नेपाली जनतालाई दिएको अवर्णीय पीडालाई कमि गर्न जीवनका लागि भोजन नेपाल (इस्कोन फुड फर लाइफ नेपालले) अनवरत रुपमा आफूलाई सक्रिय पार्दै आएको छ । हालसम्म जीवनका लागि भोजन नेपाल संस्थाले ८५,००० जना भन्दा बढी पिडितलाई पकाएको खाद्दय पर्दाथका साथै दाल , चामल ,पीठो , पानी लगायतका कच्चा खाद्दय पदार्थ हजारौ भुकम्पपिडित जनतालाई वितरण गरिसकेको छ । यसका साथै यस संस्थाले त्रिपाल, टेन्ट तथा लत्ताकपडा पनि ठूलो मात्रामा वितरण गरिसकेको कुरा यस संस्थाका निर्देशक ब्रिजेश लाकौलले जानकारी दिनुभयो ।
                
                                  “विध्वंसकारी भुकम्प गएकै दिनदेखि भुकम्पपिडित जनताका लागि राहत वितरण गरिरहेको यस संस्थाको योगदान कदरयोग्य छ ” नुवाकोट जिल्ला चाउथे गाविस १ लामागाउँका भुकम्पपिडित हिरा तामाङ्गले जानकारी दिए। खानाको अभाव झेलिरहेका व्यक्तिहरुलाई खाध्य पदार्थ उपलब्ध गराएर सेवा गरि पूरै राष्ट्रको विकास गर्ने उद्देश्यका साथ संञ्चालित जीवनका लागि भोजन नेपालले दैनिक दिउँसोको भोजन नामक कार्यक्रम गर्दै आएको छ । विपन्न वर्गका विद्धार्थी पढने विद्धालयमा यस संस्थाले उल्लेखित कार्यक्रमको माध्यमबाट दैनिक ३०० भन्दा बढी विपन्न वर्गका विद्दार्थीलाई भोजन उपलब्ध गराउँदै आएको थियो । बैशाख १२ गतेको विध्वंसकारी महाभुकम्प पश्चात यस संस्थाका १०० भन्दा बढी स्वयमसेवकहरु निरन्तर रुपमा भुकम्प पिडित जनतालाई राहत वितरण गर्ने कार्यमा लागिपरेका छन् । जीवनका लागि भोजन नेपालले उपलव्ध गराउने भोजनको गुणस्तरीयता , अनुशासित,संयमित तथा निश्पक्ष सेवाका कारण यस संस्थाको लोकप्रियता जनतामाझ निकै बढेको छ ।
                                 हालसम्म यस संस्थाले काठमाण्डौ , ललितपुर , भक्तपुर , नुवाकोट , धादिङ्ग, काभ्रेपलाञ्चोक , सिन्धुपाल्चोक , कास्की  तथा गोरखा जील्लाका विभिन्न ठाउँहरुमा राहत वितरण गरिसकेको छ । काठमाण्डौका बूढानिलकण्ठ, टोखा दुलालगाउँ  , महाराजगञ्ज, गोंगबु , नयाँ बसपार्क , बालाजु , टुँडिखेल , खुल्लामञ्च, कीर्तिपुर , थापागाउँ , पाण्डेगाउँ , धर्मस्थली ,रामकोट , भिमडुंगा, मझुवा , टिचिङ्ग अस्पताल महाराजगञ्ज , जनमैत्री अस्पताल बालाजु लगायतका ठाउँहरुमो राहत वितरण गरिसकेको छ । भक्तपुरका सूर्यमदी, बेसी, भेलुथेल , सूर्यविनायक, दरवार स्क्वायर, जगन्नाथ मन्दिर, दुधपाटी सूर्यमणी ,डोलेश्वर, चाँगुनारायण आदि ठाउँहरु तथा ललितपुरका पाटन अस्पताल, लगनखेल आदि ठाउँहरुमा पनि राहत वितरण भैसकेको छ । यसका साथै संस्थाद्धारा नुवाकोटका दर्जनौ गाऊँहरुमा पनि राहत वितरण भैेसकेको छ ।
                                        ए.सी. भक्तिवेदान्त स्वामी श्रील प्रभुपादद्वारा स्थापित अन्तराष्ट्रिय कृष्णभावनामृत संघको सामाजिक सेवा परियोजना स्वरुप स्थापित जीवनका लागि भोजन नेपाल विशुद्ध रुपमा गैर राजनैतिक , असम्प्रादायीक तथा जातभात, धर्म , लिंङ्ग आदि आधारमा भेदभावरहित संस्था हो । जसको एकमात्र उद्धेश्य मानवीय सेवाका माध्यमाबाट समाज , राष्ट्र तथा सारा विश्वको विकास गर्नु रहेको छ । यसै उद्धेश्य प्राप्तीका लागि यस संस्थाले गरिब व्यक्तिहरुलाई भोजन वितरणका साथै समयसमयमा निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गर्दै आएको छ । शैक्षिक उन्नतीका हेतु संस्थाले समयसमयमा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ , जुन कार्य शैक्षिक गुणस्तर बृद्धिविकासमा निकै प्रभावकारी पनि देखिएको छ ।
सामाजिक सेवामा यस्तो उल्लेखिय योगदान पुर्याउँदै आएको यस संस्थाको सञ्चार माध्यममा भने कमै मात्रामा चर्चा सुनिन्छ । यो एकदमै दुखद पक्ष हो । जीवनका लागि भोजन संस्थाका सहसचिव सञ्जिव श्रेष्ठले गुनासो व्यक्त गर्नुभयो । उहाँले अघि बढ्दै बताउनु भयो– अधिकांश पीडित व्यक्तिलाई जीवनका लागि भोजन भन्ने संस्था छ भन्ने पनि थाहा छैन् । जनमानसमा सूचनाको अभाव भएकै कारणले आवश्यक स्थानमा राम्रोसँग सेवा पुर्याउन गाह्रो भएको कुरा पनि उहाँले बताउनुभयो ।
                    समग्रमा हेर्दा विध्वंसकारी महाभुकम्पले नेपाल तथा नेपाली जनतालाई पुर्याएको अवर्णीय क्षती र पीडाको न्यूनिकरणमा जीवनका लागि भोजन कार्यक्रमले पुर्याएको योगदान कदरयोग्य छ । लाखौँ व्यक्तिलाई राहत वितरण गर्नु कुनै सामान्य कुरा होईन् । सबै ठाउँमा सरकारले समेत आवश्यक राहत पुर्याउन नसकेको अवस्थामा जीवनका लागि भोजन जस्तो संस्थाले धेरै ठाउँमा भुकम्पले दिएको पीडामा मलमपट्टी लगाउने कार्य गर्नु महान कार्य हो ।

« PREV
NEXT »

No comments

Facebook Comments APPID