वल्लभ चैतन्य दास (ईस्कोन) :::
धर्म भनेको पहिचान अनुरुपको धारण गर्नु जस्तै आगोको धर्म नै उष्णता हो भने पानीको धर्म नै तरलता त्यस्तै पशुको धर्म नै पशुता|
आगो, पानी त जड बस्तु भए, त्यसैगरी पशु,पन्क्षी,किट/पतंग त भोग योनिका जीबात्मा भए तसर्थ यिनीहरू आपनो धर्ममा स्थिर छन्, तर के हामी मनुष्य आफ्नो धर्ममा स्थिर र स्थित छौ?
मनुष्य कर्म योनिका शरीर हो तसर्थ ऊ कर्मको लागि स्वतन्त्र छ र यहि कारण आफ्नो बास्तबिक धर्मको परिबर्तन गर्न पनि स्वतन्त्र छ | यहि कर्म-स्वतन्त्रताको फलस्वरूप विश्वमा जति पनि मनुष्य छन् ती सबैले विभिन्न धर्म अपनाएका छन् | कोहि आफुलाई नास्तिक भन्छ भने कोहि आस्तिक, कोहि आफुलाई ईसाई भन्छन त कोहि आफुलाई मुश्लिम वा बौद्ध आदि तर चाहे आस्तिक होस् वा चाहे नास्तिक, चाहे भौतिकबादी वा आध्यात्मिकबादी, चाहे इसाई वा हिन्दु, चाहे दार्शनिक होस् वा मुढ होस् अर्थात जो सुकै होस्, सबै मनुष्यले यी दुई मध्ये कुनै १ धर्म अंगालेकै हुन्छन:
१)कैटभ धर्म
२) भागवत धर्म
१)कैटभ धर्म
२) भागवत धर्म
यी दुई धर्म बुझ्नु पूर्व, हामी को हौ, हामी यस पृथ्बी लोकमा किन आयौ, बुझ्नु जरुरी छ| शाश्त्रानुशार यस भौतिक लोक (१४ भुवन)का प्रत्येक जीबात्मालाई बद्ध आत्मा वा खसेका जीबात्मा(fallen soul) भनेर भनिएको छ अर्थात हामी यस भौतिक लोकमा खसेका जीबात्माहरू हौ| हाम्रो बास्तबिक घर यस भौतिक लोक होइन बरु आध्यात्मिक लोक हो | हाम्रो बास्तबिक घर गोलोक हो र भगवान श्रीकृष्णसंगै हो। हामी भगवान श्रीकृष्णकै नित्य दाश हौ र भगवानकै सेवामा थियौ तर कुनै एक अभागी दिन हामीले आफ्नै स्वतन्त्र अस्तित्वको कामना गरेछौ। आफ्नै घर/परिवार/सम्पत्ति/प्रतिष्ठाको कामना गरेछौ। भगवान श्रीकृष्णबाट यो कुरा कसरी लुक्न सक्थ्यो र त्यसैले दयालु भगवान श्रीकृष्णले हाम्रै चाहना अनुशार यस भौतिक लोकमा पठाइदिनुभयो अर्थात हामी यस भौतिक लोकमा झर्यौ र हामी आफ्नै काम, क्रोध, लोभ, मोह को जालमा बाधिएर बद्ध भएका छौ , त्यसैले हामीलाई भनिन्छ खसेका जीबात्मा(fallen soul) अथवा बद्ध जीबात्मा|
यस भौतिक संसारमा बद्ध जीबात्मा(fallen soul) आफ्नै कर्मशक्तिद्वारा (जस्तो कर्म उस्तै भोग) आफ्नै छुट्टै अस्तित्त्व सहित बास गर्दछन | आफ्नै कार्मानुशार कोही धनी छन् त कोहि गरीब, कोही शुन्दर छन् त कोहि कुरुप, कोहि अपाङ्ग छन् त कोहि सआङ्ग, कोहि बुद्धिमान छन् त कोहि मुर्ख, कोहि पुरुषको शरीरमा छन् त कोहि स्त्रीको, कोहि कुकुरको शरीरमा छ त कोहि झिंगाको आदि आदि, आ-आफ्नै कार्मानुशार नै विभिन्न रुप/आकृति/अवस्था मा छन् तर आफ्नै ब्यबहार र वृत्ति अनुशार छन् | कुनै जिबात्माले सुंगुरको शरीर पाएको छ भने त्यो उसको आफ्नै ब्यबहारले पाएको हो, त्यस्तै कसैले कुकुरको शरीर पाएको छ त्यो उसको आफ्नै ब्यबहारको प्रतिफल हो| आफ्नै ब्यबहारले कोहि राजा भए, कोहि ईन्द्र त कोहि ब्रह्माजी भने कोहि बिश्टाको किरा भएका छन |
१)कैटभ धर्म:
यहि भौतिक लोक(१४ भुवन)मा कसरी सुख-पुर्बक बस्न सकिन्छ भनेर चेतनशील/बिबेकी जीबात्मालाई दिशा-निर्देश दिने शाश्त्रको अनुशरण गर्नु नै कैटभ धर्म मान्नु हो ।
डाक्टर बन्नु, ईन्जिनियर बन्नु, ठुलो बैज्ञानिक बन्नु आदि सहित भौतिक प्रगतिमा अग्रसर हुन दिईने जस्ता निर्देशन यस लोकमा हुने विभिन्न जन्म मध्ये बर्तमान जन्म सुखदायी गराउने दर्शन हुन, त्यस्तै दान दिनु, यज्ञ गर्नु, स्वधर्म पालन गर्नु, समाज कल्याण गर्नु आदि बैदिक कर्म-काण्डिय निर्देशन बर्तमान जन्म सहित अर्को जन्म स्वर्गादी लोक आदिको सुखभोग गराउने दर्शन हो|

२) भागवत धर्म:
आफ्नो छुट्टै अस्तित्वको चाहना गरी यस भौतिक लोकमा आउनु/खस्नु मैले ठुलो भुल गरेछु भनि पश्चाताप गरी, हे क्रिश्ण तिमीले यस भौतिक लोकमा मलाई जे दियौ (परिवार/धन/सम्पत्ति/प्रतिश्ठा) केहि चाहिदैन। अब म वापस घर फर्किन चाहन्छु भनि सम्पुर्ण भौतिक सुखको त्याग गरी भगवान श्रीक्रिष्णको निष्काम(कुनै कामना बिना) भक्ति गरी आफ्नो बास्तबिक घर आध्यात्मिक लोक फिर्ता जान दिशा-निर्देश गर्ने धर्म नै भागवत धर्म हो | भागवत धर्मको निर्देशन आफ्नो घर(अध्यात्म लोक) वापसीमा मात्र केन्द्रित रहन्छ|

यसरी भर्खर यस भौतिक लोकमा आफ्नै चाहना अनुरुप झरेका जिबात्मा यस भौतिक लोकमा निकै रमाउछ र कैटभ धर्म अपनाउदछ| यसरी भर्खर झरेका जिबात्मा कोही धन जोड्न मै मस्त देखिन्छन, कोहि स्त्री/पुरुष भोगमै मस्त देखिन्छन भने कोहि मान/प्रतिष्ठा को आशमा देखिन्छन| कोहि रसना तृप्तिमा त कोहि नयन त्रिप्तिमा| अति ईन्द्रिय तृप्तिको लोलुपताबाट कोहि सुँगुर योनिमा स्वादको सुख भोग्दछन त कोहि बादर योनिमा कामुकताको| कोही देवताको भक्ति गरि भौतिक तृप्ति भोग्दछन त कोहि यज्ञ,यज्ञादी, दान, सामाजिक कार्यबाट स्वर्गादी लोकको सुख भोग्दछन र यहि भौतिक लोक (१४ भुवन)मा अनन्त जन्म बिताउदछन|
कैटभ धर्मको उद्देश्य नै यहि हो, यहि भौतिक लोकमा लोकासुख प्राप्ति गर्ने, ईन्द्रिय सुख भोग्ने तर माथि उल्लेख गरी सकिए अनुशार मनुष्यको बास्तबिक धर्म कैटभ धर्म होइन| कैटभ त छली धर्म हो र छल नै हो | भर्खर झरेका जीबात्मालाई भने कैटभ धर्म अति प्यारो हुन्छ तर अनन्त जुनीको भोग भोगाई पछि बल्ल आफुले गरेको गल्ति बुझ्दछ र बिरक्तिको चरम आगोमा पेलिएर समस्त भौतिक सुखको त्याग गरी भागवत धर्म अपनाउदछ|
"बहुनाम जन्मना अन्ते ज्ञानवान माम प्रपध्यन्ते।
वासुदेब सर्वमिति समहात्मा सुदुर्लभ ॥"
भगवान श्रीकृष्ण भागवत गीता ७-१९
अर्थात
"अनेकौ जन्मपछि जीबात्मा ज्ञानी बन्दछ र वासुदेब नै सबै हो रहेछ भनि मेरो शरणमा आउदछ तर यस्ता महात्मा दुर्लभ हुन्छन।"
वासुदेब सर्वमिति समहात्मा सुदुर्लभ ॥"
भगवान श्रीकृष्ण भागवत गीता ७-१९
अर्थात
"अनेकौ जन्मपछि जीबात्मा ज्ञानी बन्दछ र वासुदेब नै सबै हो रहेछ भनि मेरो शरणमा आउदछ तर यस्ता महात्मा दुर्लभ हुन्छन।"
सन्यास लिनु, सम्पुर्ण भौतिकताको त्याग गर्नु, कुनै कामना बिना (निष्काम) भगवान श्री कृष्ण को भक्ति गर्नु, इन्द्रिय तृप्तिको परित्याग अर्थात यस भौतिकलोकमा दिईएका सम्पूर्ण सुख/सुबिधाको परित्याग गरि श्री कृष्णको भक्ति नै भागवत धर्म हो | यसरी बद्ध जीव अन्त्यमा आफुले गरेको छुट्टै अस्तित्वको चाहनाको पश्चाताप गरी भागवत धर्ममा प्रवेश गर्दछ र बैश्णब बन्दछ अर्थात शुद्ध भागवत धर्म बैश्णब अपनाउदछ र वापस आफ्नै घर आध्यात्म आकाशको गोलोक फर्किञ्छ र जीबात्माको बास्तबिक धर्म भगवान श्रीकृष्णको अनन्य दाशता पुन: अपनाउदछ, सत्चितानन्द स्वरुपमा अवस्थित हुन्छ र सधैको लागिको चिरास्थाई, बास्तबिक सुख प्राप्त गर्दछ|
Source : Vallava Chaitanya Das, ISKCON (FACEBOOK)
No comments
Post a Comment