वल्लभ चैतन्य दास (ईस्कोन) :::
सनातन हिन्दु धर्ममा जातिय बिभाजन (ब्राह्मण, क्षेत्रीय, बैश्य र शुद्र) सनातन धर्मको बर्णाश्रम धर्मानुशारको ब्यबस्था हो, स्वयं भगवान् श्रीकृष्णबाट ब्यबस्थित प्रथा हो जुन प्रमुख रुपमा मनुष्यको कर्मको आधारमा निर्धारण हुन्छ।
"चातुर्वण्य मया सृष्ट गुणकर्मबिभागश:।
तस्य कर्तारमपि मां बिद्ध्यकर्तारमव्ययम्॥"
-भगवान श्रीकृष्ण भागवत गीता ४-१३
अर्थात
"प्रकृतिका तीन गुण(सतो, रजो र तमो) र ती गुणसँग सम्बन्धित कर्मानुशार मैले मानव समाजमा चार वर्ग(ब्राह्मण, क्षेत्रीय, बैश्य र शुद्र)हरूको सृष्टि गरे। म यी सबैको कर्ता हूँ तर पनि तिमीले मलाई अविनाशी अकर्ता नै ठान।"
वल्लभ चैतन्य दास (ईस्कोन) |

यस श्लोकमा प्रष्टसंग भगवानले भन्नु भएको छ की चार वर्ण(ब्राह्मण, क्षेत्रीय, बैश्य र शुद्र)हरू प्रकृतिका तीन गुण(सतो, रजो र तमो)संग व्यक्तिको लिप्तताको आधारमा हुन्छ न की कथित थरको आधारमा। चाहे अमेरिका होस्, चाहे युरोप, चाहे मध्य इस्लामिक राष्ट्र, चाहे साम्यबादी राष्ट्र, चाहे पुंजींबादी जहा-ततै ब्राह्मण(सतो गुणी- ईश्वरीय सत्ताका ज्ञान भएका), क्षेत्रीय (रजो गुणी-सैनिक, प्रहरी, प्रशासक), बैश्य (रजो + तमो गुणी- ब्यापारी, किशान आदि) र शुद्र (तमो गुणी- अल्प बुद्धि,शारीरिक परिश्रमी, सेवा गर्ने) हुन्छन्, हुने नै छन, कुनै ब्यबस्थाले यसलाई हटाउन सक्दैन।
चार जात प्रमुख रुपमा कर्मानुशार हुने गर्दछ। कर्म बृत्ति अनुशार हुन्छ । बृत्ति अंतकरणमा(मनुष्यको software अर्थात मनुष्यमा भएको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार, दया आदि) भर पर्दछ। मनुष्यको अंत:करण निम्न लिखित ५ अवस्थामा भर पर्दछ अर्थात मनुष्यको जात यी ५ तत्वहरूको आधारमा निर्धारण हुन्छ:
१) पुर्ब-जन्मको संस्कार
२) जन्म/थर (माता/पिता बाट प्राप्त शरीर अर्थात प्राप्त शारीरिक संरचना)
३) लालन/पालन हुदाको सामाजिक संरचना अर्थात हुर्किदाको बाहिरी बातावरण।
४)मनुष्यको ब्यक्तिगत कर्म,परिश्रम र अर्जित ज्ञान
५) दैबिय शक्ति
यी ५ कारणहरू मध्य पनि चौथो कारण(मनुष्यको आफ्नै कर्म) प्रधान हुन्छ। अन्य चार कारण जस्तो सुकै भएता पनि मनुष्यले आफ्नै कर्मानुशार आफुलाई कुनै पनि उल्लेखित चार जात मध्ये कुनै एक जातमा निर्धारण गर्दछ।

अहिले नेपालमा, जात निर्धारण गरिने माथि उल्लेखित ५ कारण मध्य दोश्रो कारण, जन्म(थर)लाई नै अज्ञानीहरू प्रमुख मान्दछन जुन शाश्त्रीय बर्णाश्रम पद्धतिको बिकृत रुप हो। यसरी मनुष्यको थर(जन्म) अनुशार कसैलाई आदरणीय ब्राह्मण भन्नु र उच्च सम्मान दिनु वा कसैलाई त्यही थर(जन्म) अनुशार शुद्र भनि छुवाछुत बार्नु शास्त्रीय निर्दैशनको खिल्ली उडाउनु हो, अज्ञानता हो, महामूर्खता हो।
मनुमहाराज भन्नुहुन्छ:
"शुद्रो ब्रम्हणाताम यति ब्रम्हणस्चैव शुद्रतम
क्षेत्रियोज्जात एव तु बिध्यावैश्य्थैब छ।"
-मनु स्मृति १०-६५
अर्थात
"पिता/माताबाट प्राप्त शरीर अर्थात थर अनुशार कोही शुद्र पनि कर्मानुशार ब्राह्मण हुन सक्दछ भने ब्राह्मण पनि झरेर शुद्र हुन सक्दछ। क्षेत्रिय र वैश्यमा पनि तिमी यहि नियम जान।"
भन्नुको मतलब तपाईको थर बाहुन हो भनिएता पनि तपाई कर्मानुशार तमो गुणी अर्थात मांस भक्षण, मदिरा सेवन, इन्द्रिय तृप्तिको लागि नै बाच्नु आदि हुनुहुन्छ भने तपाई शुद्र हो त्यस्तै कोहि कथित थर अनुशार शुद्र नै भएता पनि त्यो सतो गुणी छ भने त्यो ब्राह्मण हो।
भौतिक उपाधि(PHD, Master, बैज्ञानिक, दार्शनिक आदि)को भरमा कसैलाई बुद्धिमान बर्ग(ब्राह्मण)को संज्ञा दिनु अर्को महान मूर्खता हो। बुद्धिमान/ज्ञानीको परिभाषा भगवान श्रीकृष्णले गीता अध्याय १३, श्लोक ८,९,१०,११,१२ मा बताउनुभएको छ। हुदाहुदा आजकाल नेतालाई पनि ज्ञानीको सूचीमा राखिन थालियो। नेताले त आफ्नो बिशेष बर्गको प्रतिनिधित्व गरेको हुन्छ, त्यो कसरी ज्ञानी भयो? भुश्याहा कुकुरहरुलाई भोट हाल्न दीईएमा, एउटा ठुलो जोडले भुक्ने भुश्याहा कुकुर पनि नेता/मन्त्री हुन्थ्यो होला।"शुद्रो ब्रम्हणाताम यति ब्रम्हणस्चैव शुद्रतम
क्षेत्रियोज्जात एव तु बिध्यावैश्य्थैब छ।"
-मनु स्मृति १०-६५
अर्थात
"पिता/माताबाट प्राप्त शरीर अर्थात थर अनुशार कोही शुद्र पनि कर्मानुशार ब्राह्मण हुन सक्दछ भने ब्राह्मण पनि झरेर शुद्र हुन सक्दछ। क्षेत्रिय र वैश्यमा पनि तिमी यहि नियम जान।"
शास्त्रानुशार छुवाछुत अर्थात शुद्र-संग(उठबस) नगर्नु भन्ने शास्त्रिय निर्दैशन छ, जुन सत्य हो र तर्कसंगत पनि छ तर यसको अर्थ मनुष्यको जन्मको थर हेरेर हैन अपितु मनुष्यको माथि उल्लेखित ५ कारण अनुशार प्रमुख कारण, त्यसको कर्मानुशार जात निर्धारण गरी, शुद्र देखिएमा त्यससंग संगत न-गर्नु भनेको हो अर्थात शास्त्रानुशार शुद्र भन्नाले तमोगुणी(ईन्द्रिय तृप्ति नै मनुष्यको लक्ष्य बुझेको, मान्स/मदिरा/नशालु-पदार्थ सेवनकर्ता, जुवाडे, फटाहा, चोर/डाका आदि)को संग न-गर्नु भनेको हो।
तसर्थ यदि कोही कथित माथिल्लो थरको छ तर कामी/बिलासी, ईन्द्रिय तृप्तिको लागि बाचेको, नास्तिक, अति भौतिकबादि, घमन्डि, ईर्ष्यालु अर्थात तमो गुणी छ भने त्यो शुद्र हो, त्यसको संगत नगर्न शास्त्र निर्दैशन गर्छ भने यदि कोहि कथित तल्लो थरको भएता पनि बुद्धिमान/ज्ञानी छ, भगवान श्रीकृष्ण बुझेको छ, जसलाई आत्मसाक्षात्कार भएको छ भने त्यो ब्राह्मण हो, त्यसको आदर/सम्मान गर्न शाश्त्र निर्दैशन गर्दछ। यहि नै छुवा-छुत प्रथा हो, बर्णाश्रम धर्मको मर्म हो, हिन्दु सनातन धर्मको पद्धति हो।
हरे कृष्ण…
No comments
Post a Comment