हिमवत् खण्ड नेपाल अनादिकाल देखि अनेक देवी देवताहरूको क्रीडास्थल र ऋषिमुनिहरूको साधनास्थल रहिआएको छ । यहाँ भगवान् पशुपतिनाथ पनि विराजमान हुनुहुन्छ । भगवान पशुपतिनाथले हामी सबैको कल्याण गर्नुहुन्छ । पशुपतिनाथलाई शिव, शङ्गर, महादेव आदि नामले पनि चिनिन्छ । शिवको अर्थ हो कल्याण प्राणीहरूको कल्याण गर्ने कार्यमा शिव सधैं तत्पर रहनुहुन्छ । शिवलाई शर्व, भव रुद्र, उग्र, पशुपति, महादेव इशान, अशनी आदि आठ नामले पनि चिनिन्छ । यी नामहरू मध्ये पछिल्ला चार नामहरू कल्याणकारी शक्तियुक्त शिवका नाम हुन् । त्यस मध्ये पनि पशुपति शीघ्र कल्याणकारी नाम मानिन्छ । पशुको अर्थ जीव र पतिको अर्थ स्वामी पनि हुन्छ । यस अर्थमा पशुपतिनाथलाई जीवहरूका मालिक मानिन्छ । पशुपतिनाथका पाँच मुख छन् (पुर्व–तत्पुरूष, दक्षिण–अघोर, पश्चिम–सद्योजात, उत्तर–बामदेव, उध्र्व–ईशान) ।
शिव कसरी पशुपति बन्नुभयो भन्ने सन्दर्भमा भागवत्को एउटा प्रसंग छ – जुन बेला देवता र दानव मिलेर समुद्र मथन गरे त्यतिबेला हलाहल नामको उग्र विष निस्केर सम्पूर्ण प्राणीहरू नष्ट हुने अवस्था देखाप¥यो । त्यो समयमा सबै देवदेवताहरू र अरू प्राणीहरू प्रजापतिसमेत मिलेर भगवान् शिवकहाँ गए । उहाँ गएर सबैले शिवको स्तुति गर्नुका साथै हलाहल विषबाट प्राणीहरूको रक्षा गर्न आग्रह गरे । भगवान् शिवले प्राणीहरूको आग्रहलाई स्वीकार गरी विष पिउन तयार हुनुभयो । त्यति बेला भगवान् शिवले सतीसँग भन्नुभयो – हे देवी ¤ जो व्यक्तिसँग शक्ति र सामथ्र्य छ उसले परेका बेलामा दीन दुःखी प्राणीहरूको रक्षार्थ त्यसलाई प्रयोग गर्नुपर्छ । जो व्यक्ति अरू प्राणीहरूप्रति दयालु हुन्छ त्यो व्यक्तिसँग भगवान् श्री कृष्ण खुसी हुनुहुन्छ । जो व्यक्तिसँग श्री कृष्ण खुसी हुनुहुन्छ त्योसँग म पनि खुसी हुन्छु । त्यसकारण भगवान् श्री कृष्णलाई खुसी पार्नका लागि म यो विष पान गर्दैछु ।आसांं प्राणपरिप्सूनां विधेयममयं हि मे । एतावान्हि प्रभोरर्थो यद् दीन परिपालनम् पुंसः कृपयतो भद्रे सर्वात्मा प्रीयते हरि ः । प्रीते हरौ भगवती प्रीयेद्रहं सचराचर ः ।। तस्मादिदं गरं भुञ्जे प्रजानां स्वस्तिरस्तुमे ।। (भा.८÷७÷३८ र ४०)यति भनेर शिवले विष पान गर्नुभयो । विष पान गरिसकेपछि भगवान् शिव पशुपतिनाथ हुनुभयो । विष्णु अथवा कृष्णलाई खुसीपार्न सदा तत्पर रहने व्यक्तिलाई वैष्णव भनिन्छ । भगवान् शिव पनि महावैष्णव हुनुहुन्छ–वैष्णवानां यथा शम्भु ।
पशुपतिनाथ अहिलेको ठाउँमा प्रकट कसरी हुनुभयो ? भन्ने सन्दर्भमा किम्वदन्तीहरू छन् । त्यसमध्ये पूर्व मूलभट्ट पद्मनाभ शास्त्रीले यस्तो भन्नु भएको छ – महाभारत युद्ध पश्चात् भगवान् श्रीकृष्ण पाण्डवहरूलाई साथ लिएर अहिले पशुपतिनाथ रहनुभएको ठाउँमा आउनुभयो । त्यो बेलामा योठाउँ जंगलले ढाकिएको थियो । श्री कृष्णलाई पशुपतिनाथ ज्योति रूपमा यहाँ रहनुभएको छ भन्ने थाहा थियो र उहाँले यस क्षेत्रका रूख ढुङ्का माटो हटाउन लगाउनु भयो । त्यहि ठाउँमा पशुपतिनाथ प्रकट हुनुभयो । पाण्डवहरूले पशुपतिनाथको दर्शन गरे र उनीहरू महाभारत युद्धमा हुन गएका अपराध र गोत्र हत्याको दोषबाट मुक्त भए । पशुपतिनाथको दर्शन मात्रले पनि मानिसहरू अनेक पाप र दोषहरूबाट मुक्त हुन्छन् ।यस्तै दोष र पापबाट मुक्त भइन्छ भनेर शिवरात्रिमा मानिसहरू पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जान्छन् । शास्त्रहरूले शिव अथवा पशुपतिनाथको दर्शन गर्नाले मानिस (जीव) पशुत्वबाट मुक्तहुन्छ भनेर बताएका छन् । सबै प्राणीको कल्याण गर्ने भावना आफूमा पैदा होस्, आफूभित्र दुर्गुणहरू नरहुन सत्कर्म गर्दै जीवनलाई पवित्र राखेर आफ्नो उद्धार गर्न सकियोस् भनेर मानिसहरू भगवान पशुपतिनाथको दर्शन गर्न दैनिकरूपमा आउँछन् । कतिपय मानिसले यसलाई जीवनचर्या बनाएर आफूलाई सुधार गर्दै लगेका हुन्छन् ।पशुपतिनाथ मन्दिरमा शिवरात्रिलाई विशेष पर्वका रूपमा लिन्छन् नेपाली जनताले । व्याधा जस्तो सधैं प्राणी हिंसा गर्ने व्यक्तिले अन्जानमै गरेको पूजा सेवाले भगवान् शिव खुसी हुनु भएको प्रसंग हामी सबैले सुनेका छौ । शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नुको हाम्रो उद्देश्य पनि भगवान्लाई खुसी पार्ने नै हो । मानिसहरु पशुपतिनाथको दर्शन मात्र गर्दैनन्, देहविसर्जन पनि उहाँकै समीपमा गर्न चाहन्छन् । मानिसहरूमा दृढ विश्वास छ– काशीमा देहत्याग गर्ने मानिसको कानमा विश्वनाथले राम नाम सुनाएर तार्नुहुन्छ । यहाँ पनि आर्यघाटमा देहविसर्जन गर्ने व्यक्तिको कानमा भगवान पशुपतिनाथले रामनाम सुनाएर उद्धार गर्नुहुन्छ ।
भगवान पशुपातिनाथले उद्धार सबैको गर्नुहन्ुँछ तर हामीले पनि जीवन छँदै , म को हुँ, म कहाँबाट आए, मानव जीवन लिएर आए पछि के गर्नु पर्छ, मैले अन्तमा कहाँ जानुपर्छ भनेर विचार गर्नुपर्छ । यसरी विचार गरेर आफूलाई सुधार्ने व्यक्तिसँग भगवान् पशुपतिनाथ तत्काल खुसीहुनुहुन्छ । उहाँलाई खुसी पार्न यस शिवरात्रिको शुभ अवसरमा हामी सबैले यस सत्य सम्बन्धी संकल्प गरौं ।
नित्य जपौँ
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
Subscribe to:
Post Comments
(
Atom
)
Facebook Comments APPID
Most Reading
-
govindam adi-purusham tam aham bhajami : I worship Govinda, the Primeval Lord Venum kvanantam aravinda-dalayataksam barhavatam samasitambud...
-
Editor's note : Song of The Soul is heart touching.-----------------Krishnaupdate.com Heartly Dedicated to : His Divine Grace ...
-
His Grace Ambuja Krishna Prabhu successfully gave the three days seminar on the topic ‘The Science of Self Realization ‘ from 4 to 6 July i...
-
ISKCON Budhanilkantha, Headquarter of ISKCON Nepal , is situated on the bank of Vishnumati River, on the lap of Shivapuri Hill, in the no...
-
Lord Shree Krishna tells in Bhagavat Gita : daivī hy eṣā guṇa-mayī mama māyā duratyayā mām eva ye prapadyante māyām etāḿ taranti te (B...
No comments
Post a Comment