नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाले फागुन २६ गते शनिवारका दिन पर्वत जिल्लाको पाङ सिउडिनीमा ३०० वटा गीता वितरण गरेको छ । विश्वभरि नै श्रीमद्भगवद्गीताको वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको इस्कोनले धौलागिरीमा पनि सक्रियताका साथ गीता वितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
स्वर्गीय पिता गंगा प्रसाद सुवेदीको स्मृतीमा उहाँका छोरा पाङ सिउडिनी निवासी गोविन्द प्रसाद सुवेदीले रु.नब्बे हजार छपाई लागत पर्ने तीन सयवटा श्रीमद्भगवद्गीताको प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) , बागलुङ शाखाका प्रमुख परमेश्वर अच्युत दासले गीतालाई मनुष्य जीवनको निर्देशिका पुस्तकको रुपमा लिएर सोही अनुरुप सबैले अध्ययन गरेमा सहजै दिव्य खुसी तथा शान्तिको अनुभव गर्न सकिने कुरा बताएका थिए । श्रीमद्भगवद्गीता वितरण कार्यक्रममा उपस्थित स्थानीयवासीले भजन कीर्तन गाएका थिए भने उपस्थित सबैलाई फलफूल प्रसाद वितरण पनि गरिएको थियो ।
No comments
Post a Comment