BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

इस्कोनको गीता जयन्ती कार्यक्रम : अस्पतालमा गीता वितरण गरियो

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल), बागलुङ शाखाले यही मिती २०७५ साल पौष ४ गते  गीता जयन्तीका अवसरमा धौलागिरी अञ्चल अस्पतालका विरामी कर्मचारी, चिकित्सक तथा नर्सहरुलाई

निःशुल्क रुपमा श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरु वितरण गरेको छ ।

 

इस्कोनको सामाजिक योगदानलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले प्रशंसा गर्नुभएको थियो भने अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सागर राजभण्डारी पनि कार्यक्रममा भाग लिनुभएको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरुमा वर्णन गरिएका योग, ध्यान जस्ता विधिले मानव स्वास्थ्यसँग प्रत्यक्षरुपमा सरोकार राख्ने हुँदा अस्पतालका विरामी तथा कर्मचारीलाई श्रीमद्भगवद्गीता यथारुप तथा अन्य वैदिक ग्रन्थहरु वितरण गरिएको कुरा इस्कोनका प्रचारक दीनबन्धु जनार्दन दासज्युले बताउनुभएको थियो । यसका साथै यी ग्रन्थहरुले शारिरीक , मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले यो अभियानलाई विश्वव्यापी रुपमा फैलाउन जरुरी छ भनि थप प्रेरणा प्रदान गर्नुभएको थियो । विरामी तथा कर्मचारीहरु पनि हर्षित भएका थिए । 


 

बागलुङ नगरपालिका वडा नं २ का कृष्ण भण्डारी (हाल बहराइन) ले निःशुल्क गीता वितरण कार्यक्रमलाई सफल पार्न वितरित ग्रन्थहरुको प्रायोजन गर्नुभएको थियो । इस्कोनले उक्त कार्यमा सहयोग गर्ने सबै शुभचिन्तक तथा भक्तजनहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

« PREV
NEXT »

No comments

Facebook Comments APPID