BREAKING NEWS
latest

728x90

header-ad

468x60

header-ad

युग घर्म

युग भन्ने बित्तिकै हामीले निश्चित समयको अवधि भन्ने बुभ्दछौँ। शास्त्रमा सत्य , त्रेता , द्धापर र कलि गरि चार युगको जानकारी पाईन्छ। शुरुको युगलाई सत्य युग भनिन्छ। सत्य युगपछि त्रेता र त्यसपछि द्धापर युग आँउछ। चारै युगहरुमध्ये अन्तमा पर्ने युग चाहीँ वर्तमान युग अर्थात कलियुग हो। यसरी युगहरुको जानकारी किन दिएको होला भन्ने लाग्न सक्छ तपाईहरुलाई। वास्तवमा यसको उद्धेश्य चाँही युगको बारेमा भन्दा पनि युग धर्मको बारेमा चर्चा गर्नु हो जसका  लागि युगहरुको बारेमा जानकारी गराउनु पनि महत्वपुर्ण हुन्छ।
युग धर्म भनेको के हो त त्यसो भए भन्ने पनि लाग्न सक्छ तपाईहरुलाई। वास्तवमा धर्म भन्नाले आत्मसाक्षात्कारको माध्यम बुझ्नु उपयुक्त हुन्छ। अझै गहिराईमा बुझ्नुपर्दा धर्म भनेको हरेक जिवात्माले दिव्यरुपमा भगवानलाई सेवा गर्नुलाई भनिन्छ ।  यस हिसाबले हेर्दा जिवको स्वभाविक गुण हो धर्म।  माथि नै बताइए अनुसार धर्म भनेको आत्मासाक्षात्कारको बाटो हो। त्यसो भए मानिसहरुले सत्य युगमा कसरी गर्थे त ? हो यसैलाई हो युग धर्म भनेको। 
शास्त्रमा बताइए अनुसार सत्य युगको अवधि १७,२८,००० बषेको हुन्छ। सत्य युगका मानिसहरुको आयु अति लामो हुन्छ तथा मानिसहरु तिक्ष्ण बुद्धी भएका हुन्छन्। यस्ता गुणहरु युगैपिच्छे त्रमश: घटदै जान्छ। त्यसै कारणले एक युगका लागि सम्भव हुने कुरा अर्को युगका लागि सम्भव हुँदैन्। शास्त्रमा हरेक युगका लागि फरक फरक आत्मासाक्षात्कारका मार्गहरु बताईएका छन्। सत्य युगका मानिसहरुका लागि हजारौं बर्षको ध्यान् तपस्याले मात्रै आत्मासाक्षात्कार अर्थात भगवद् भक्ती दिलाउन सक्थ्यो। तेसैले सत्य युगका मानिसहरु हजारौं बर्ष ध्यान तपस्या गर्ने गर्दथे। त्रेता युगमा ठूला-ठूला यज्ञ सम्पादन गर्नु नै उक्त युगको युग धर्म थियो। यस्तै गरेर द्धापर युगमा मन्दिर स्थापना गरेर भगवानको श्रीविग्रहको पुजा गर्नु आत्मासाक्षात्कारको बाटो अर्थात युग धर्म थियो।
अब कलियुगको पालो , अर्थात वर्तमान युगको पालो। कलियुग चारै युगहरुमध्ये प्रदुषित युग हो। अहिले मानिसहरुको आयु छोटो छ , बुद्धी मन्द छ र विकृत पनि। यो युगमा न त हामी ध्यानमा नै बस्न सक्छौँ न त यज्ञ सम्पादन गर्नलाई। श्रीविग्रह पुजन गर्नलाई न त विधी नै पालना गर्न सक्छौँ न त त्यसका लागि हामीमा पवित्रता नै छ। यस अर्थमा हामी आत्मासाक्षात्कार गर्न नसक्ने समूहमा पर्यौ। तर , शास्त्रले यस कलंकिल युगलाई चारै युगहरुमध्ये राम्रो पनि बताएको छ। यसो किनभने अन्य युगमा अत्यन्त कठिन विधीबाट मात्र प्राप्त गर्न सकिने आत्मासाक्षात्कार यस कलियुमा केवल हरिनाम संर्कितन गरेर सहजै प्राप्त गर्न सकिन्छ। हरि नाम संर्कितन यज्ञलाई शास्त्रले कलियुगको लागि युगधर्म भनेको छ। यस कलियुगमा युग धर्मको शुरुवात तथा प्रर्वधन स्वयम कृष्ण भगवानले चैतन्य महाप्रभुको रुपमा करिब ५०० बर्ष अधि यस धरातलमा आएर गरिसक्नु भएको छ। यस कलियुगमा सम्पुर्ण बुद्धीमान् मानिसहरु हरिनाम संर्कितन यज्ञ गर्दछन् भनिएको छ। शास्त्रमा  हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे यो महामन्त्रलाई सिफारिस गरिएको छ। 

« PREV
NEXT »

Facebook Comments APPID