पुरुषोत्तम महिना
सम्पूर्ण महिनाहरुभन्दा महत्वपूर्ण एवम् पावन छ। यदि कसैले पनि यो महिनाको ब्रत
राम्रोसंग गर्छ भने उसको यसै जीवनमा पनि मंगल र यसपछि भगवद् धाम जाने सुनिश्चित
हुन्छ।
के हो यो
पुरुषोत्तम महिना भनेको?
धेरैलाई पुरुषोत्तम महिना भनेको के हो भन्ने पनि थाहा
नहुन सक्छ । भन्नेले यो महिनालाई मलमास भन्ने गर्छन् भने यो महिनालाई अधिक मास पनि भन्ने गरिन्छ। प्रत्येक २ वा ३ बर्षमा एउटा महिना बढि हुन्छ।
यहि महिनानै वास्तवमा पुरुषोत्तम महिना हो
।
किन त यो पुरुषोत्तम महिना अरु महिनाभन्दा विषेश ?
वर्षमा १२ वटा
महिना हुन्छन् र ती प्रत्येक महिनाको कुनै न कुनै देवीदेवताले
नेतृत्व तथा सुरक्षा गर्ने गर्दछन्। तर, यो अधिक महिना अपनाउन कसैले पनि मानेनन्। यो महिना साह्रै उपेक्षित बन्न
पुग्यो। अन्ततः स्वयम् पुरुषोत्तम भगवान श्रीकृष्णलेनै यो महिनाको जिम्मा लिनुभयो
र यो महिनालाई स्वयम् उहांजस्तै बनाईदिनुभयो र वरदान दिनुभयो। अतः पुरुषोत्तम
महिना सम्पूर्ण महिनाहरुमध्ये सर्वाधिक महत्वपूर्ण महिना बन्न पुग्यो।
पुरुषोत्तम
महिनामा के गर्ने?
१ पुरुषोत्तम
महिनामा पुरुषोत्तम भगवान श्रीकृष्णको
पुजा गर्नुपर्दछ। राधाकृष्णको सेवा गर्नुपर्दछ।
२
पुरुषोत्तम भगवान श्रीकृष्णको नाम जप
गर्नुपर्दछ। हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे , हरे राम हरे राम राम राम हरे हरे : यो महामन्त्रको जप गर्नुपर्दछ। भगवानको नाम जप
अरु बेलाभन्दा अधिक गर्नुपर्दछ।
३
पुरुषोत्तम भगवानलाई गाईको शुद्ध ध्युको
दीप चढाउनु पर्दछ।
४ दैनिक रुपमा
भगवद् गीता (विषेश्ात १५ औं अध्याय) तथा भागवतम् पाठ गर्नुपर्दछ। आदि।
(* पुरुषोत्तम महिनाको पूर्ण लाभ उठाउनुहोस्। यो
महिना (यो सालको भाद्र महिनामा ) पुरुषोत्तम महिना हो।)