जसरी हाम्रो जीवनमा कहिले दुःख आउला भनेर हामीले पर्खेर बसेका हुँदैनौ र
दुःखका निम्ति कामना गर्दैनौँ तर दुःख स्वत आउँछ त्यसैगरी सुखपनि स्वत: आउँछ
कुनै छुटुटै कामना वा प्रयास गरिरहनु पर्दैन् । हामीले पूर्वजन्ममा तथा यही
जन्ममा पनि गरेका कर्महरुको परिणामस्वरुप हाम्रो जीवनमा सुख र दुख कालक्रममा
आउने र जाने सर्दी र गर्मी जस्तै आउने जाने गर्दछन् । यसरी आउने सुख एवम्
दुखबाट कहिलेकाहीँ हामी बिचलित बन्न पुग्छौँ र भगवद्भक्तिलाई तिरस्कार गर्न
पुग्छौँ । तर गर्नुपर्ने कुरा यो हो कि हामी दुःख र सुखमा विचलित नभई सहन गर्न
सिक्नुपर्छ ।
यस सन्दर्भमा भगवद्गीता अध्याय २ को श्लोका १४ मा यसरी बताईएको छ ।
(श्रोत : श्रीमद्भगवद्गीता यथारुप (लेखकःश्री श्रीमद् अभयचरणारविन्द
भक्तिवेदान्त स्वामी प्रभुपाद)
*मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।*
* *
*आगमापायिनोनित्यास्तांस्तितिक्षस्व भारत ।। १४ ।।
* *
* *अनुवाद
* *हे कुतीपुत्र दुःख र सुख भन्ने कुरा त कालक्रममा आउने र जाने सर्दी र गर्मी
ऋतु जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन्, अतः हे
भरतवंशी अर्जुन यस्ता कुरालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्छ ।
* *तात्पर्य
* *राम्रोसग आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अस्थाई रूपले आउने र जाने सुख
र दुःखलाई मानिसले सहन गर्न सिक्नुपर्छ । वैदिक निर्देशनअनुसार मानिसले माघ
महिनामा पनि प्रत्येक बिहान स्नान गर्नैपर्छ । त्यस बखत धेरै जाडो हुन्छ ।
तापनि धार्मिक नियमहरू पालन गर्ने व्यक्ति नुहाउन हिच्किचाउदैन । यसै गरी
गृष्म ऋतुका सबभन्दा गर्मी महिना बैशाख जेठका दिनहरूमा पनि गृहिणीहरू भान्सामा
खाना पकाउन हिच्किचाउदैनन् । जलवायुसम्बन्धी असुविधाहरू रहदारहदै पनि मानिसले आ
फ्नो कर्तव्यको पालन गर्नुपर्छ । त्यसरी नै लडाइ गर्नु क्षत्रियहरूको धर्मै हो
त्यसैले एउटा क्षत्रियले साथीहरूसग तथा सम्बन्धीहरूसग लड्नु पर्यो भनेर आफ्नो
निर्धारित कर्तव्यबाट विचलित हुनु हुदैन । ज्ञानका स्तरसम्म उठ्नका लागि
मानिसले धार्मिक नियमहरूका निर्धारित विधिविधानको अनुसरण गर्नैपर्छ किनभने
ज्ञान र भक्तिद्वारा मात्रै मानिसले आफुलाई मायाको फन्दाबाट मुक्त गर्न सक्छ ।
यहा अर्जुनलाई दुईवटा भिन्दाभिन्दै नामले सम्बोधन गरिएको छ जो अर्थपूर्ण छ ।
कौन्तेय भनेर सम्बोधन गर्नाले उनको मातृकुलतर्फको महान् रक्तसम्बन्ध जाहेर
हुन्छ भने भारत भनेर सम्बोधन गर्दा उनको पितृकुलतर्फको महानता प्रकट हुन्छ ।
दुवैतर्फका महानताको निर्वाह उनले गर्नु छ । यो महान् पुख्र्यौली उत्तराधिकारले
राम्रोसग कर्तव्यपालन गर्ने उत्तरदायित्व उनीमाथि आएको छ त्यसैले अर्जुन
युद्धबाट विमुख हुन सक्दैनन् ।*

No comments
Post a Comment