यो भौतिक शरीर नश्वर छ । निरन्तर परिवर्तन भैरहने भौतिक शरीर हाम्रो वास्तविक
पहिचान हुन सक्दैन्। हाम्रो वास्तविक परिचय आत्मा हो जुन भगवानको अंशरुपमा
विराजमान छ । यस सन्दर्भमा भगवद्गीता
श्रोत : श्रीमद्भगवद्गीता यथारुप (लेखकःश्री श्रीमद् अभयचरणारविन्द
भक्तिवेदान्त स्वामी प्रभुपाद)
<https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-xTMk2nZzj9N5Kw0iYiZ8xMHW7yVilUnu35V9dfSIi-6-GzXWNHMIE_dRrO9lluKzmkGhELYL9wT7LcUrbE6eR2IfsoVgzr83UvVFFb1qoGQ390gLMeQWF5xmI1dKAvOseUuYbWUDeg/s1600/we+are+not+body.jpg>
अध्यााय २ को श्लोका १३ मा यसरी बताईएको छ ।
.............................................................................................................................................................
*देहिनोस्मिन् यथा देहे कौमारं यौवनं जरा *
*तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुहयति ।। १३ ।।
अनुवाद
जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थातिर र युवावस्थाबाट
वृद्धावस्थातिर सर्किइरहेको छ त्यसै गरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को
शरीरमा सर्छ । यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरू आत्तिंदैनन् (मोहित
हुँदैनन्) ।
तात्पर्य
प्रत्येक प्राणी एउटा पृथक् आत्मा हो । प्रत्येक प्राणीले क्षणक्षणमा आफ्नो
शरीर परिवर्तन गरिरहेका हुन्छन् । ती कहिले बालक बन्छन् कहिले युवा हुन्छन् र
कहिले बूढा हुन पुग्छन् । तर त्यो बालक युवा र वृद्धमा आत्मा एउटै छ, त्यसमा
कुनै परिवर्तन आउंदैन । यो व्यष्टि आत्माले एउटा शरीर मरेपछि अर्को शरीर
फेर्छ । यसरी आगामी जन्ममा चाहे भौतिक होस् वा आध्यात्मिक, अर्को शरीर
निश्चितै पाइने भएपछि अर्जुनले चाहे भीष्मका लागि होस चाहे द्रोणाचार्यका लागि
होस्, शोक गर्नुपर्ने कुनै कारण
देखिंदैन । बरु अर्जुन त उहाँहरूले बूढो शरीर छोडेर नयाँ शरीर, नयाँ जीवन,
नयाँ शक्ति प्राप्त गर्न लाग्नुभएकोमा खुसी हुनपर्ने हो । यसरी शरीर परिवर्तन
हुँदा जीवनमा गरिएका कर्मअनुसार नाना प्रकारका सुखभोग र दुःखभोगको लेखाजोखा
हुन्छ । भीष्म र द्रोण त महान् आत्मा हुन्, त्यसैले उनीहरूले आगामी जन्ममा
अवश्य पनि आध्यात्मिक शरीर प्राप्त गर्नेछन् वा त्यो नभए कम्तीमा पनि सांसारिक
सुखभन्दा श्रेष्ठ स्वर्गीय सुख भोगका लागि स्वर्गीय शरीर त प्राप्त गर्ने नै
छन् । यस अर्थमा पनि उनीहरूका लागि शोक गर्नुपर्ने कुनै कारण छैन ।
जसलाई आत्मा, परमात्मा र भौतिक तथा आध्यात्मिक प्रकृतिको पूर्ण ज्ञान छ
त्यसलाई धीर भनिन्छ । यस्ता मानिसहरू शरीरको परिवर्तनबाट मोहित हुँदैनन् ।
खण्ड खण्ड भएर आत्मा टुक्रिन सक्दैन भन्ने आधारमा आत्मा एउटै हो भन्ने
मायावादी सिद्धान्त मान्य हुन सक्दैन । यदि त्यसो मान्ने हो भने विभिन्न
व्यष्टि आत्माको विभाजनले परमात्मालाई पनि विभाज्य र परिवर्तनीय बनाउंछ जुन
कुरो परमात्मा अपरिवर्तशील छ भन्ने सिद्धान्तको विरुद्ध हुन जान्छ । गीतामा
पुष्टि गरिए झैं परमात्माको विखण्डित अंश पनि सनातन छ वा नित्य अस्तित्ववान् छ
र त्यसलाई क्षर भनिन्छ, किनभने तिनीहरूमा भौतिक प्रकृतितिर अधःपतन हुने
प्रवृत्ति हुन्छ । *
*यी विखण्डित अंशहरू नित्यनिरन्तर विखण्डित अवस्थामै रहन्छन् । मुक्ति प्राप्त
गरिसकेपछि पनि व्यष्टि आत्माहरू विखण्डित रूपमै विद्यमान रहन्छन् । तर एक पटक
मुक्त भइसकेपछि उक्त व्यष्टि आत्मा परमात्माका साथमा सच्चिदानन्दरूपमा रहन
पाउंछ । परमात्मा नामले जानिने र हरेक शरीरमा उपस्थित रहने परमआत्मामाथि
प्रतिबिम्बवादको सिद्धान्त लागू हुनसक्छ । परमात्मा व्यष्टि प्राणीहरूभन्दा
भिन्न छ । पानीमा आकाशको प्रतिबिम्ब पर्दा त्यहाँ सूर्य, चन्द्र तथा
ताराहरूको प्रतिबिम्ब पनि देखिन्छ । ताराहरूको तुलना व्यष्टि जीवात्मास"ग र
सूर्य तथा चन्द्रमाको तुलना परमात्मासग गर्न सकिन्छ । यहाँ व्यष्टि तथा खण्ड
आत्माको प्रतिनिधित्व अर्जुनद्वारा भएको छ भने परमात्माको प्रतिनिधित्व भएको छ
भगवान् कृष्णद्वारा । कृष्ण र अर्जुन समान स्तरका होइनन् यो कुरा चतुर्थ
अध्यायको सुरुमै स्पष्ट हुनेछ । यदि अर्जुन कृष्णकै समान स्तरका भएको भए र
कृष्ण अर्जुनभन्दा श्रेष्ठ नभएको भए उनीहरूबीचको शिक्षक र विद्यार्थीको
सम्बन्धको कुनै अर्थ रहने थिएन । यदि उनीहरू दुवै जना मायाबाट मोहित हुने भए
एक जना शिक्षक र अर्को शिक्षार्थी बन्नुपर्ने कुनै आवश्यकता नै थिएन । मायाको
फन्दामा जकडिएको व्यक्ति आधिकारिक शिक्षक हुन नसक्ने भएकाले उसको शिक्षा पनि
अर्थहीन हुनपुग्छ । यस्तो परिस्थितिमा के मान्नुपर्छ भने भगवान् कृष्ण
परमेश्वर हुनुहुन्छ । उहाँ मायाद्वारा विस्मृत हुने अर्जुन जस्ता जीवात्माको
स्तरभन्दा माथि हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ ।*

No comments
Post a Comment