एक पटकको कुरा हो कुनै एक देशमा एउटा चोर बस्दथ्यो । उसले अरुको सम्पत्ति चोर्दै तथा अरुलाई दुःख दिने गर्दथ्यो । कहिले प्रजाको भुपडीमा त कहिले राजाको महलमा समेत चोरी गर्न सिपालु उसलाई कतिपय अवस्थामा राजाका सिपाहीहरुले पक्रन सफल हुन्थे र सजाँय दिने गर्दथे ।
उक्त राज्यकी राजकुमारी विवाह गर्ने उमेरकी भएकी थिइन् । अतः राजाले आफ्नी कन्याका लागी सुयोग्य वर छान्नका निम्ति राज्यमा यस्तो आह्वान गरेकी यदि कोही राजकुमारीका लागि योग्य पुरुष छ भने दरवार आएर आफ्नो योग्यताको परीक्षा दिऊन् र सफल ठहरीएमा राजकुमारीसँग विवाह गरुन् । त्यसका लागि मुख्य योग्यता भनेकै ऊ साधू स्वभावको हुनुपर्नेछ । अब राजकुमारीको हात पाउने अवसर कसले खेर फाल्न चाहनु, देशका कैयौँ साधूहरु राजाको दरवारमा गए । यता उक्त चोरले पनि यो कुरा थाहा पायो र राजकुमारीको हात पाएर धनि बन्ने मनासाय राखाी नक्कली दाह्री , कपाल आदि राखेर साधू भेषमा दरबार गयो । दरवारमा साधू उम्मेदवारहरुको लामो लाइन थियो ऊ पनि त्यही लाइनमा बस्यो । केही समयपछि उसको अन्तर्वाताको समय आयो ।
जब उसको पालो आयो तब सबै व्यक्तिलाई अचम्मित पार्दै उसले नक्कली दाह्री , कपाल तथा पोशाक निकाल्दै आफू साधू नभइ चोर भएको व्योहोरा खुलस्त पार्यो । कसरी चोरमा एकाएक झुठ नबोल्ने स्वभाव आयो ? सबैले प्रश्न गरे । अचम्ममा पर्नु स्वभाविक पनि थियो किनभने उसले केही क्षण आफूलाई साधूभेषमै राखेको भए राजकुमारीको हात पाउन सक्थ्यो जसका लागि ऊ त्यहाँ आएको थियो । चोरमा एकाएक कसरी साधूता आयो ? उक्त चोरले भन्यो कि हुन त ऊ चोर हो तर साधूहरुको लाइनमा बस्दा साधसङ्गको कारण एकाएक उसलाई चोर हुनुमा धृर्णा आयो र सत्यवादी बन्ने साधूताको गुण प्राप्त भयो । यसरी चोरमा आएको परिवर्तन देखेर तथा उसको कुरा सुनेर राजा लगाएत सबैजना उसको प्रशंसा गर्न शुरु गरे । यसरी केही समय मात्रै त्यो पनि केही समय लाइनमा बस्दा साधूहरुको सङ्गतले कुख्यात चोर पनि साधू बन्न पुग्यो । उसको जीवन सफल भयो ।
त्यसैले शास्त्रमा भनिएको छ :एक लव (सेकेन्ड भन्दा पनि थोरै समय ) मात्रैको साधु सङ्गले पनि हाम्रो जीवन सफल हुन्छ , सम्पूर्ण सिद्धि प्राप्त हुन्छ ।
साधू सङ्ग साधू सङ्ग सर्व शास्त्र कय
लव मात्र साधू सङ्ग सर्व सिद्धि हय
-श्रीचैतन्य चरितामृता मध्यलीला २२.५४

No comments
Post a Comment