पीताम्बरधारी भगवान श्री कृष्ण चैतन्य महाप्रभु श्रीधाम मायापुर, नवद्वीप (पश्चिम बंगाल) मा लगभग ५०० वर्षपूर्व प्रकट हुनुभएको थियो । वैदिक सभ्यतामा यो प्रथा छ कि जब शिशुको जन्म हुन्छ तब ज्योतिषलाई आमन्त्रण गरिन्छ । जब भगवान श्रीकृष्ण ५००० वर्ष पूर्व प्रकट हुनुभयो, त्यतिबेला उनको पिताले गर्ग मुनिलाई बोलाउनु भएको थियो । गर्गाचार्यले भन्नुभयो : यो शिशु पहिले तीन वर्ण शुक्ल, रक्त र पीतमा प्रकट भएको थियो र अब यसको कृष्ण वर्ण भएको छ । शास्त्रमा श्री कृष्णको वर्ण मेघजस्तो कालो बताइएको छ । भगवान श्री चैतन्यलाई श्री कृष्ण मानिन्छ जो पीतवर्णमा प्रकट हुनुभएको थियो । वैदिक शास्त्रमा यस्ता कैयौं प्रमाण छन् कि श्री चैतन्य महाप्रभु श्री कृष्णको अवतार हुनुहुन्छ र यसलाई विद्वान तथा भक्तहरुद्वारा प्रमाणित गरिएका छन् । श्रीमद् भागवतमा यसको पुष्टि गरिएको छ (११.५.३२) । कलियुगमा उहाँ आफ्नो वर्णन श्रीकृष्णको भक्तको रुपमा गर्नुहुन्छ र उहाँको वर्ण कालो हुदैन तर उहाँ श्री कृष्ण हुनुहुन्छ । यस अवतारको अर्को विशेषता यो छ कि उहाँ सधै आफ्नो पार्षद (सहकारी) जनहरुको साथमा रहनुहुन्छ । भगवान श्रीकृष्ण दुई प्रयोजनको लागि यहाँ आउनु हुन्छ – भक्तहरुको रक्षा गर्न र दुष्टको नाश गर्नको लागि । यस युगमा भगवान चैतन्य महाप्रभुको पनि मिसन यही हो, भक्तको रक्षा गर्नु र अभक्तको नष्ट गर्नु । परन्तु यस युगमा
भगवानको अस्त्र भिन्न छ । त्यो चक्र, गदा अथवा कुनै घातक अस्त्र होइन । उनको अस्त्र सकीर्तन अभियान हो । यसकारण श्रीमद भागवदमा भनिएको छ की श्री चैतन्य महाप्रभु यस युगमा भगवानको अवतार हुनुहुन्छ । उहाँको पूजन कसरी गरिन्छ त ? पूजनको विधि अति नै साधारण छ । पार्षद सहित भगवान श्री चैतन्यको केवल एक चित्र राख्नुहोस् । बीचमा भगवान श्री चैतन्य र त्यसको वरिपरि उहाँका प्रधान पार्षद ः श्री नित्यानन्द प्रभु, श्री अद्वैत प्रभु, श्री गदाधर पण्डित र श्री निवास पण्डित ।
जो कोहीले यस चित्रलाई आफ्नो घरमा राख्न सक्दछ । यस हरेकृष्ण महामन्त्रको कीर्तन गर्न सक्दछ र यस विधिबाट भगवान श्री चैतन्य महाप्रभुको पूजा गर्न सकिन्छ । यो एक साधारण विधि हो । तर यस साधारण विधिलाई कसले ग्रहण गर्न सक्दछ ? केवल त्यो व्यक्ति जोसँग सदबुद्धि छ । यदि कोही केवल श्री चैतन्य महाप्रभुको चित्र घरमा राख्दछ र हरेकृष्ण महामन्त्रको कीर्तन गर्दछ भने उसले भगवद् साक्षात्कार गर्नेछ । अतः यस युगमा जुन व्यक्तिहरुको साथमा पर्याप्त बुद्धि छ उ यस संकीर्तन अभियानलाई ग्रहण गर्दछ र अति शीघ्र नै उन्नति गर्नेछ ।
भगवान श्री चैतन्य महाप्रभुलाई “गौर सुन्दर अवतार” भनिन्छ । अवतारको अर्थ “अवतरण गर्नु वा तल झर्नु” । जसरी कनै व्यक्ति भवनको पाँचौं तल्ला वा छैठांै तल्लाबाट तल आउन सक्छ । त्यसैगरी एक अवतार पराव्योमको बैकुण्ठ लोकबाट तल आउनुहुन्छ । भगवान चैतन्य महाप्रभु यस युगको अवतार हुनुहुन्छ र वैदिक शास्त्रमा उहाँको वर्णन आउछ । हामी कसैलाई त्यतिबेलासम्म अवतार मान्न सक्दैनौ जबसम्म त्यस व्यक्तिमा शास्त्रमा दिइएको लक्षण पाइदैन ।
श्रीकृष्ण आफ्नो अहैतुकी दयाको कारण एक भक्तको रुपमा आउनुभयो र हामीलाई उहाँको शरण कसरी लिने भनी देखाउनुभयो । भगवदगीतामा भगवानको अन्तिम उपदेश छ “शरण लिनु” । तर मुढ अर्थात महामूर्ख व्यक्तिहरुले भन्दछन् “म भगवानको शरण किन लिँउ ?” अतः श्री चैतन्य महाप्रभु स्वयं श्री कृष्ण हुनुहुन्छ, तर पनि उहाँ यस पटक हामीलाई व्यवहारिक दृष्टिकोणले भगवद गीताको उपदेशलाई आफ्नो जीवनमा कसरी धारण गर्ने भनी सिकाउदै हुनुहुन्छ ।
श्री चैतन्य महाप्रभु हामीलाई भगवान प्राप्ति गर्ने प्रत्यक्ष अवसर दिनुहुन्छ । जब श्री चैतन्य महाप्रभुको प्रधान शिष्य रुप गोस्वामीले महाप्रभुलाई भेट्नुभयो । त्यतिबेला उनी बंगालको शासनमा एक मन्त्री थिए । उहाँ श्री चैतन्य महाप्रभुको अभियानमा सम्मिलित हुन चाहनुहुन्थ्यो । तब श्रील रुप गोस्वामीले आफ्नो मन्त्रीपदको त्याग गरिदिनुभएको थियो र संकीर्तन अभियानमा सम्मिलित हुनुभयो । जब उहाँ शरणगत हुनुभयो तब उहाँले भगवान श्री चैतन्य महाप्रभुको चरणमा अति नै सुन्दर स्तुति गर्नुभयो त्यो श्लोक यस प्रकारको छ –
नमो महावदान्याय कृष्ण प्रेम प्रदायते
कृष्णाय कृष्ण चैतन्य नाम्ने गौरत्विषे नमः ।
“हे प्रभु तपाई सबै अवतारहरुमा सर्वाधिक वदान्य (उदार ) हुनुहुन्छ ।” यस्तो किन ? कृष्ण प्रेम प्रदाय ते – “किनकी तपाई प्रत्यक्ष रुपले भगवानको प्रेम प्रदान गर्दे हुनुहुन्छ ।” तपाइको दोस्रो कुनै उद्देश्य नै छैन । तपाईको विधि पनि यति सुन्दर छ कि मनुष्य तत्क्षण नै भगवानसँग प्रेम गर्न सिक्दछ । अतः तपाइ सबै अवतारहरुमा सर्वाधिक वदान्य हुनुहुन्छ र स्वयं श्री कृष्णको अतिरिक्त यो कसैको लागि पनि सम्झव छैन ताकी उसले यस प्रकारको वरदान दिन सकोस् । अतः म भन्दछु कि तपाई साक्षात श्री कृष्ण नै हुनुहुन्छ । कृष्णाय कृष्ण चैतन्य नाम्ने –“तपाई श्रीकृष्ण हुनुहुन्छ तर आफ्नो श्रीकृष्ण चैतन्य नाम स्वीकार गर्नुभएको छ । म हजुरको शरण ग्रहण गर्दछ ।” भगवान चैतन्यको यो विधि छ ।
श्री चैतन्य महाप्रभु स्वयं श्री कृष्ण हुनुहुन्छ र उहाँ एक साधारण विधिद्वारा यो शिक्षा दिदै हुनुहुन्छ की कसरी भगवानको प्रेम विकास गर्ने ? उहाँ भन्नुहुन्छ केवल हरेकृष्ण कीर्तन गरः–
हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम्
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा ।
“यस पूजामा केवल हरेकृष्ण महामन्त्रको कीर्तन गर्दै जाउ यसको अतिरिक्त अरु कुनै विकल्प (दोस्रो विधि) नै छैन ।”
भगवान श्री चैतन्य महाप्रभुद्वारा भगवद् प्रेम प्राप्त गर्ने कीर्तनको विधिलाई “सकीर्तन” को रुपमा चिनिन्छ । संकीर्तन एक संस्कृत शब्द हो । “सम्” को अर्थ हो “सम्यक (पूर्ण)” र “कीर्तन” को अर्थ हो “कीर्ति (यश) गाउनु या वर्णन गर्नु ।” “अतः पूर्ण वर्णनको अर्थ हो परमतत्व श्री भगवानको पूर्ण कीर्ति गाउनु ।” यो होइन की कुनै पनि वस्तु वा मनुष्यको वर्णन गर्नु अनि त्यो “कीर्तन” हुन्छ । व्याकरणको दृष्टिमा भलै त्यो पनि “कीर्तन” हो । परन्तु वैदिक प्रणाली अनुसार कीर्तनको अर्थ परमसत्य परम ईश्वर भगवानको वर्णन गर्नु । यसैलाई कीर्तन भनिन्छ ।
श्रोत : आत्मा साक्षात्कारको विज्ञान
श्री श्रीमद् ए. सी . भक्तिबेदान्त स्वामी प्रभुपाद
भगवानको अस्त्र भिन्न छ । त्यो चक्र, गदा अथवा कुनै घातक अस्त्र होइन । उनको अस्त्र सकीर्तन अभियान हो । यसकारण श्रीमद भागवदमा भनिएको छ की श्री चैतन्य महाप्रभु यस युगमा भगवानको अवतार हुनुहुन्छ । उहाँको पूजन कसरी गरिन्छ त ? पूजनको विधि अति नै साधारण छ । पार्षद सहित भगवान श्री चैतन्यको केवल एक चित्र राख्नुहोस् । बीचमा भगवान श्री चैतन्य र त्यसको वरिपरि उहाँका प्रधान पार्षद ः श्री नित्यानन्द प्रभु, श्री अद्वैत प्रभु, श्री गदाधर पण्डित र श्री निवास पण्डित ।
जो कोहीले यस चित्रलाई आफ्नो घरमा राख्न सक्दछ । यस हरेकृष्ण महामन्त्रको कीर्तन गर्न सक्दछ र यस विधिबाट भगवान श्री चैतन्य महाप्रभुको पूजा गर्न सकिन्छ । यो एक साधारण विधि हो । तर यस साधारण विधिलाई कसले ग्रहण गर्न सक्दछ ? केवल त्यो व्यक्ति जोसँग सदबुद्धि छ । यदि कोही केवल श्री चैतन्य महाप्रभुको चित्र घरमा राख्दछ र हरेकृष्ण महामन्त्रको कीर्तन गर्दछ भने उसले भगवद् साक्षात्कार गर्नेछ । अतः यस युगमा जुन व्यक्तिहरुको साथमा पर्याप्त बुद्धि छ उ यस संकीर्तन अभियानलाई ग्रहण गर्दछ र अति शीघ्र नै उन्नति गर्नेछ । भगवान श्री चैतन्य महाप्रभुलाई “गौर सुन्दर अवतार” भनिन्छ । अवतारको अर्थ “अवतरण गर्नु वा तल झर्नु” । जसरी कनै व्यक्ति भवनको पाँचौं तल्ला वा छैठांै तल्लाबाट तल आउन सक्छ । त्यसैगरी एक अवतार पराव्योमको बैकुण्ठ लोकबाट तल आउनुहुन्छ । भगवान चैतन्य महाप्रभु यस युगको अवतार हुनुहुन्छ र वैदिक शास्त्रमा उहाँको वर्णन आउछ । हामी कसैलाई त्यतिबेलासम्म अवतार मान्न सक्दैनौ जबसम्म त्यस व्यक्तिमा शास्त्रमा दिइएको लक्षण पाइदैन ।
श्रीकृष्ण आफ्नो अहैतुकी दयाको कारण एक भक्तको रुपमा आउनुभयो र हामीलाई उहाँको शरण कसरी लिने भनी देखाउनुभयो । भगवदगीतामा भगवानको अन्तिम उपदेश छ “शरण लिनु” । तर मुढ अर्थात महामूर्ख व्यक्तिहरुले भन्दछन् “म भगवानको शरण किन लिँउ ?” अतः श्री चैतन्य महाप्रभु स्वयं श्री कृष्ण हुनुहुन्छ, तर पनि उहाँ यस पटक हामीलाई व्यवहारिक दृष्टिकोणले भगवद गीताको उपदेशलाई आफ्नो जीवनमा कसरी धारण गर्ने भनी सिकाउदै हुनुहुन्छ ।
श्री चैतन्य महाप्रभु हामीलाई भगवान प्राप्ति गर्ने प्रत्यक्ष अवसर दिनुहुन्छ । जब श्री चैतन्य महाप्रभुको प्रधान शिष्य रुप गोस्वामीले महाप्रभुलाई भेट्नुभयो । त्यतिबेला उनी बंगालको शासनमा एक मन्त्री थिए । उहाँ श्री चैतन्य महाप्रभुको अभियानमा सम्मिलित हुन चाहनुहुन्थ्यो । तब श्रील रुप गोस्वामीले आफ्नो मन्त्रीपदको त्याग गरिदिनुभएको थियो र संकीर्तन अभियानमा सम्मिलित हुनुभयो । जब उहाँ शरणगत हुनुभयो तब उहाँले भगवान श्री चैतन्य महाप्रभुको चरणमा अति नै सुन्दर स्तुति गर्नुभयो त्यो श्लोक यस प्रकारको छ –
नमो महावदान्याय कृष्ण प्रेम प्रदायते
कृष्णाय कृष्ण चैतन्य नाम्ने गौरत्विषे नमः ।
“हे प्रभु तपाई सबै अवतारहरुमा सर्वाधिक वदान्य (उदार ) हुनुहुन्छ ।” यस्तो किन ? कृष्ण प्रेम प्रदाय ते – “किनकी तपाई प्रत्यक्ष रुपले भगवानको प्रेम प्रदान गर्दे हुनुहुन्छ ।” तपाइको दोस्रो कुनै उद्देश्य नै छैन । तपाईको विधि पनि यति सुन्दर छ कि मनुष्य तत्क्षण नै भगवानसँग प्रेम गर्न सिक्दछ । अतः तपाइ सबै अवतारहरुमा सर्वाधिक वदान्य हुनुहुन्छ र स्वयं श्री कृष्णको अतिरिक्त यो कसैको लागि पनि सम्झव छैन ताकी उसले यस प्रकारको वरदान दिन सकोस् । अतः म भन्दछु कि तपाई साक्षात श्री कृष्ण नै हुनुहुन्छ । कृष्णाय कृष्ण चैतन्य नाम्ने –“तपाई श्रीकृष्ण हुनुहुन्छ तर आफ्नो श्रीकृष्ण चैतन्य नाम स्वीकार गर्नुभएको छ । म हजुरको शरण ग्रहण गर्दछ ।” भगवान चैतन्यको यो विधि छ ।
श्री चैतन्य महाप्रभु स्वयं श्री कृष्ण हुनुहुन्छ र उहाँ एक साधारण विधिद्वारा यो शिक्षा दिदै हुनुहुन्छ की कसरी भगवानको प्रेम विकास गर्ने ? उहाँ भन्नुहुन्छ केवल हरेकृष्ण कीर्तन गरः–
हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम्
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यथा ।
“यस पूजामा केवल हरेकृष्ण महामन्त्रको कीर्तन गर्दै जाउ यसको अतिरिक्त अरु कुनै विकल्प (दोस्रो विधि) नै छैन ।”
भगवान श्री चैतन्य महाप्रभुद्वारा भगवद् प्रेम प्राप्त गर्ने कीर्तनको विधिलाई “सकीर्तन” को रुपमा चिनिन्छ । संकीर्तन एक संस्कृत शब्द हो । “सम्” को अर्थ हो “सम्यक (पूर्ण)” र “कीर्तन” को अर्थ हो “कीर्ति (यश) गाउनु या वर्णन गर्नु ।” “अतः पूर्ण वर्णनको अर्थ हो परमतत्व श्री भगवानको पूर्ण कीर्ति गाउनु ।” यो होइन की कुनै पनि वस्तु वा मनुष्यको वर्णन गर्नु अनि त्यो “कीर्तन” हुन्छ । व्याकरणको दृष्टिमा भलै त्यो पनि “कीर्तन” हो । परन्तु वैदिक प्रणाली अनुसार कीर्तनको अर्थ परमसत्य परम ईश्वर भगवानको वर्णन गर्नु । यसैलाई कीर्तन भनिन्छ ।
श्रोत : आत्मा साक्षात्कारको विज्ञान
श्री श्रीमद् ए. सी . भक्तिबेदान्त स्वामी प्रभुपाद




No comments
Post a Comment