
सूक्ष्म तत्व (मन, बुद्धि तथा अहंकार जुन मिलेर चेतना बन्दछ) मृत्यूको समयमा आत्माको सूक्ष्म कणलाई अन्य शरिरसम्म लिएर जान्छ जहाँ कर्म अनुसार ऊ कष्ट भोग्दछ वा आनन्द लुट्दछ । हाम्रो चेतना हाम्रो कर्मद्वारा राखिन्छ । यदि हामी मैलाको संगति गर्दछौं भने हाम्रो चेतना जुन वायूको तरह छ मैलालाई लिएर जान्छ । यसरी मृत्युको समयमा त्यसले अवाञ्छित शरिर सामु लिएर जान्छ । या यसैगरी यो चेतना गुलाबहरुको माथिबाट बहन्छ भने त यसले गुलाबको सुगन्ध लिएर जान्छ, अतः हामीलाई यस्तो शरिरमा लिएर जान्छ जहाँ हामी आफ्नो पूर्व कर्मको फलको भोग गर्दछौं । यदि हामी कृष्ण भावनामृतमा कर्म गर्नको लागि आफूलाई प्रशिक्षित गर्दछौं भने हाम्रो चेतनालाने हामीलाई कृष्णसम्म लिएर जान्छ । चेतना अनुसार विभिन्न प्रकारको शरिर विकसित हुन्छ भने त हामीलाई यस्तो शरिर प्राप्त हुनेछ जसमा हामी योगको अभ्यास गर्न सक्दछौं । तब हामीलाई असल माता–पिता प्राप्त हुनेछ, र हामीलाई योग अभ्यास गर्ने अवसर प्राप्त हुनेछ र हामी स्वतः आफ्नो पूर्व शरिरमा अभ्यास गरिएको कृष्ण भावनामृतलाई पूनर्जिवित गर्न सक्दछौं । यसर्थ यस अन्तिम श्लोकमा भनिएको छ, “उसले नचाहेर पनि आफ्नो पूर्व जन्मको चेतनाद्वारा स्वतः योगको नियमतर्फ आकर्षित हुन जान्छ ।” यसर्थ हाम्रो कर्तव्य दैवी चेतनाको अनुशीलन गर्नु हो । यदि हामी दैवी जीवन, आध्यात्मिक उत्थान तथा शाश्वत ज्ञानमय आनन्द युक्त जीवन चाहन्छौं भने, दोस्रो शब्दमा भन्दा यदि हामी भगवद धाम जान चाहन्छौं भने तब हामी दिव्य चेतना अर्थात् कृष्ण भावनामृतमा आफूलाई प्रशिक्षित पर्दछ ।
यसलाई संगतिद्वारा सजिलोसंग प्राप्त गर्न सकिन्छ (संगात सज्जायते कामः) दैवी संगतिबाट हाम्रो चेतना दैवी बन्दछ र आसुरी संगतिद्वारा हाम्रो चेतना आसुरी बन्दछ । अतः कृष्ण भावनामृतमा रहनेहरुको उचित संगतले हाम्रो चेतनालाई दैवी बनाउनको लागि प्रशिक्षित गर्नु पर्दछ ।
श्रोत : सिद्धि पथ (पृष्ठ १०३) श्री श्रीमद् ए.सी. भक्ति वेदान्त स्वामी प्रभुपाद
No comments
Post a Comment