भुमा भण्डारी ||
यहि श्रावण २२ गते हिन्दुधर्मावलम्वी तथा हिन्दुधर्मप्रेमि नेपाली जनताले काठमाण्डौको खुल्लामञ्चमा विराट धर्मसभा गरेका छन् । १ लाख भन्दा बढी हिन्दुधर्मप्रेमि जनता सहभागी उक्त धर्मसभाले नेपाललाई संविधानमा हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग सहित एघार बुँदे संकल्प घोषणा गरेको छ ।

picture source : annapurnapost.com |
हिन्दु धर्म सम्बद्घ विभिन्न संघ संस्थाका धर्मगुरुहरु सहभागि उक्त धर्मसभामा नेताहरुलाई ९४ प्रतिशत ॐकारमा आबद्घ जनताको भावनामाथि खेलबाड नगर्न कडा चेतावनी दिइएको छ । हिन्दु धर्ममाथि भएको अतिक्रमण तथा थिचोमिचोलाई अब बढी नसहने भन्दै कतिपय धर्मगुरुहरुले धर्म रक्षाका लागि रगत बगाउन पनि पछि नपर्ने समेत उदघोष गरेका थिए । स्वमी कमलनयनाचार्य ले जनतालाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि स्वतःस्फूर्त रुपमा यस्ता सभामा उपस्थित हुन अनुरोध गर्नुभएको थियो । अन्तराष्ट्रिय कृष्णभावनामृत संघका परमेश्वर अच्यूत दासले धर्म रक्षाका लागि आज पानीमा भिज्न डराएमा भोली हाम्रा सन्तती सदैव आँसुले भिज्ने छन् भन्दै पानी परेपनि त्यसको पर्वाह नगरि हिन्दु राष्टका लागि संकल्प गर्न अनुरोध गर्नुभएको थियो ।
No comments
Post a Comment